फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा : लिस्बनबाटै ‘कन्सुलर’ सेवा दिन सुरु


प्रकाशित मिति : भाद्र १५, २०८१ शनिबार

पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ ।

दूतावासबाट आएको नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको दुई सदस्यीय टोलीले शुक्रबारदेखि लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत कन्सुलर सेवा दिन सुरु गरेको हो । दूतावासले लिस्बनस्थित गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको कार्यालयमा घुम्ती सेवा सञ्चालन गरी कन्सुलर सेवा दिन सुरु गरेको हो । कन्सुलर सेवा सुरु भएसँगै प्रहरी चारित्रिक प्रमाणपत्र ९प्रहरी रिपोर्ट० लगायत कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका सेवाग्राही नेपालीको भीडभाड लागेको छ ।

प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीको सहजताका लागि परराष्ट्र मन्त्रालयसँगको समन्वयमा लिस्बनबाटै कन्सुलर सेवा दिन सुुुुरु गरिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिनुभयो । घुम्ती सेवाबाट दुई हजार बढीले सेवा लिने अनुमान गरिएको राजदूत भट्टराईले बताउनुभयो ।

दूतावासले सबै खर्चको व्यवस्थापन गरेर घुम्ती सेवा सञ्चालन गरेको जानकारी दिँदै उहाँले दस्तुरबापतको राजस्व रकम बैङ्कमार्फत अग्रिम भुक्तानी गरेर कागजात प्रमाणीकरणको सेवा लिन सकिने बताउनुभयो । सरकारले तोकेको राजस्व दस्तुरबाहेक कुनै पनि अतिरिक्त शुल्क लिने दूतावासको नीति नरहेको बताउँदै राजदूत भट्टराईले राजस्व दस्तुरबाहेकको अतिरिक्त रकम कोही कसैलाई नबुझाउन सेवाग्राहीलाई आग्रहसमेत गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टोलीले कन्सुलर सेवा विभाग काठमाडौँले प्रमाणीकरण गरेको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, विवाह दर्तालगायतका कागजात प्रमाणीकरणका साथै अन्य कन्सुलरसम्बन्धी सेवा प्रदान गर्ने राजदूत भट्टराईले बताउनुभयो ।

टोलीले सेप्टेम्बर ३ तारिखसम्म राजधानी लिस्बनमा रहेर कन्सुलर सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । घुम्ती सेवालाई गैरआवासीय नेपाली सङ्घ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाले समन्वय र सहजीकरण गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com