एनआरएन पोर्चुगलमा अध्यक्ष, महासचिव,सचिव र आईसीसी सदस्य निर्विरोध


प्रकाशित मिति : २२ भदौ २०७४, बिहिबार

गैर आवासीय नेपाली संघ पोर्चुगलको छैटौं अधिवेशन मिति नजिकिदै गर्दा संघको अध्यक्षमा कुवेर कार्की,महासचिवमा निराजन सुवेदी र सचिवमा अगेन्द्र गुरुङ र घनश्याम सुवेदी साथै अन्य १५ सदस्यहरु निविरोध निर्वाचित हुने भएका छन् ।

साथै आइ सि सि सदस्यमा पेम्वा शेर्पा र नरेन्द्र हमाल समेत निर्विरोध उम्मेदवारी परेको छ । आगामी सेप्टेम्वर १० मा हुने बताइएको निर्वाचनको मिति नजिकिदै गर्दा उक्त पदहरुका प्रतिस्पर्धिहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनिहरु निर्विरोध निर्वाचित हुने पक्का पक्की भएको छ ।

आगामी सेप्टेम्वर १० मा हुने निर्वाचनमा उपाध्यक्षमा पत्रकार गणेश पाण्डे ,गोविन्द सापकोटा,कान्छाराम बुढाथोकी र कमल गुरुङ बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।त्यस्तै महिला उपाध्यक्षमा गिता राना र विश्णु लुइटेल ,कोषाध्यक्षमा कुमार तामाङ र रमेशराज वास्तोला विच चुनाव हुनेछ ।

त्यसैगरी संघको युवा संयोजकका लागी पेम छिरी शेर्पा र रविन अधिकारी चुनावि मैदानमा उत्रिएका छन् ।

निर्वाचन कार्यक्रम आगामी सेप्टेम्वर १० अल्तिस ग्रेन्ड होटल लिस्वोनमा हुने र कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com