‘नेपाली कलाकार विदेशीनु रहर नभई बाध्यता हो, मेरो पनि त्यो दिन आउनसक्छ’: हिमाल सागर, गायक


प्रकाशित मिति : भाद्र ३, २०८१ सोमबार

नेपालका चर्चित गायक हिमाल सागरले नेपाली कलाकारहरु विदेशीनु रहर नभई बाध्यता भएकाले भविश्यमा आफ्ना लागि पनि त्यो दिन आउनसक्ने बताएका छन् । उनले आफ्नो देश छाडेर जान कसैलाई रहर नभएपनि बाध्यताले गर्दा देश छाडेर जानुपर्ने अवस्था आउनसक्ने बताएका हुन् । क्यानडा भ्रमणमा रहेको बेला पोडकास्ट ‘नेपाली नेक्सस विथ विधान’मा विधान कार्कीसँग कुराकानी गर्दै उनले बाध्यताले विदेशीने नेपाली कलाकारबारे नकारात्मक नसोंच्न आग्रह गरेका छन् ।

उनले भने – ‘स्वदेशमा राम्रो नाम र प्रतिष्ठा कमाएका धेरै कलाकारहरु विदेशी भूमिमा गएर बस्न बाध्य हुन्छन्। आर्थिक समस्याले गर्दा उनीहरु आफ्नो मातृभूमिमा फर्कन सक्दैनन् र आफ्नो परिवारको जिम्मेवारी सम्हाल्न विदेशी भूमिमा बस्न बाध्य हुन्छन्।’

नेपालीहरु विदेशमा गएर विदेशी नागरिकता लिएतापनि नेपाली माटोको सुगन्ध कहिले नबिर्सने उनले बताए । उनले भने – ‘नेपालीहरु अमेरिकामा गएर अमेरिकी नागरिकता लिइसकेपछि पनि प्रायले पहिलो भ्रमणका रुपमा अन अराइभल भिसा प्राप्त हुने युरोपका देशलाई नरोजेर नेपाल नै जान चाहन्छन् । अमेरिकी नागरिकता लिइसकेपछि पनि उनीहरुको मनमा कहिले नेपाल टेकौं भन्ने भावना हुन्छ । एकसाताका लागि भएपनि उनीहरुलाई नेपाल जाने चाहना हुन्छ । यो जन्मभूमिप्रतिको माया र सामिप्ताको कारणले हो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोडकास्टमा गायक हिमाल सागरको जीवन र संगीत यात्राबारे समेत कुराकानी गरेका छन् । हिमाल सागरले आफ्नो बाल्यकालका स्मृतिहरु सम्झिदै भने – ‘मलाई सानैदेखि संगीतप्रति गहिरो रुचि थियो र म गायक बन्न चाहन्थें। त्यो चाहनाले नै मेरो सफल गीति यात्रा सुरु गर्‍यो।’

उनले आफ्नो प्रसिद्ध गीत ‘न मैले लेखे न ऊनले लेखीन’ लाई आफ्नो सफलताको ढोका खोल्ने गीतको रुपमा मानेका छन्। यस गीतको सफलताले गर्दा उनले विभिन्न देशहरुको यात्रा गर्ने अवसर पाएको र यसले आफूलाई स्थापित गराएको बताएका छन्।  उनले सफलताको परिभाषा प्रस्तुत गर्दै भने, ‘धेरै गीतहरु सिर्जना गर्नु, धेरै गीतहरु रिलिज गर्नु मात्रै सफलताको मापन होइन, मेरो दृष्टिकोणमा, सफल भनेको त्यस्ता सर्जक, कलाकार हो, जसले सार्वजनिक रुपमा आफूलाई धेरै नदेखाएपनि गुणस्तरीय संगीत सिर्जना गरिरहेका छन्। गुणस्तरीय सिर्जना गर्नु नै सफलताको मुख्य मापदण्ड हो।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com