पोर्चुगलमा कन्सुलर सेवा छिटो सुरु गर्न माग


प्रकाशित मिति : भाद्र ३, २०८१ सोमबार

अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालको कार्यकाल थप नगरिंदा महावाणिज्यदूतले सेवा बन्द गरेपछि पोर्चुगलमा रहेका नेपालीहरु कन्सुलर सेवाबाट वञ्चित भइरहेको अवस्थामा त्यहाँ रहेका नेपालीहरुले पोर्चुगलमा कन्सुलर सेवा छिटो सुरु गर्न माग गरेका छन् । गुल्मी समाज पोर्चुगलकी नवनिर्वाचित अध्यक्ष माया खरेलले पोर्चुगलमा यथाशीघ्र कन्सुलर सेवा सुरु गर्न नेपाल सरकारसँग माग गरेकी छिन् ।

पोर्चुगलमा राजदूतावास स्थापना गरिने भएपछि १० बर्षदेखि पोर्चुगलको लिस्बनमा संचालित अवैतनिक महाबाणिज्य दूतावासको सम्पूर्ण सेवा बन्द गरिएकाले सेवाग्राहीहरु प्रभावित भएका हुन् । तर राजदूतावास स्थापनाका लागि समय लागेकाले अहिले त्यहाँ रहेका नेपालीहरुले प्रहरी रिपोर्ट लगायतका कागजात प्रमाणिकरण लगायतका सेवाहरुका लागि समस्या भोगिरहेका छन् । उनीहरुले फ्रान्समा रहेको नेपाली दूतावासबाट कागजात प्रमाणिकरण गराउन ३ सय युरोसम्म खर्च गर्नुपर्ने बाध्यता आएको छ । आफै फ्रान्स जान अझ धेरै खर्च हुने भएकाले दलालमार्फत यी काम गराउनुपर्ने बाध्यता आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो समस्याको छिटो अन्त्य गर्न नवनिर्वाचित अध्यक्ष खरेलले माग गरेकी हुन् । अध्यक्षमा निर्वाचित भइसकेपछि मन्तव्य व्यक्त गर्ने क्रममा उनले पोर्चुगलमा आएका गुल्मेली आप्रवासीहरुको समस्या समाधानका लागि आफूहरुले यथाशक्य सहयोग गर्ने बताएकी छिन् । हाल पोर्चुगलमा नेपाली आप्रवासीहरुले भोगिरहेका समस्याहरु बढ्दो रहेको अवस्थामा पोर्चुगलमा बसोबास गर्ने गुल्मेलीहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

खरेल यसभन्दा अघि नेप्लीज वुमन एसोसिएसन पोर्चुगलको अध्यक्ष थिइन् भने गैरआवासीय नेपाली संघ पोर्चुगलको महिला उपाध्यक्ष समेत हुन् । निवर्तमान अध्यक्ष अमृत रिजाल र निवर्तमान कार्यवाहक अध्यक्ष प्रकाश पाण्डे दीर्घकालीन बसाईको रूपमा पोर्चुगल बाहिर  रहने भएपछि समाजले उनलाई नयाँ अध्यक्ष चुनेको हो।

समाजका संस्थापक अध्यक्ष युवराज पन्थीको प्रमुख आतिथ्यता, कार्यबाहक अध्यक्ष प्रकाश पाण्डेको अध्यक्षता र महासचिव गोविन्द कँडेलको संचालन तथा उपाध्यक्ष चुमान सिङ ठकुरीको स्वागतमा सम्पन्न साधारणसभा पछि गुल्मीका चर्चित गायक सन्तु थापाको विशेष प्रस्तुति सँगै तीज विशेष साँस्कृतिक कार्यक्रम गरिएको थियो । थापाले जाउ हिँड रेसुङ्गा बोलको गीतमा सबै लाई नचाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com