अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायलमा, सहमतिमा पुग्ने अन्तिम अवसर भएको जिकिर


प्रकाशित मिति : भाद्र ३, २०८१ सोमबार

Israel-Palestinians Truce Talk

गाजामा युद्धविरामका लागि दबाब दिन इजरायल पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युद्ध अन्त्यका लागि जारी वार्ता सहमतिमा पुग्ने ‘सम्भवतः अन्तिम’ अवसर भएको बताउनुभएको छ ।

ब्लिन्केनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँगको भेटमा भन्नुभयो, “यो निर्णायक क्षण हो, सम्भवतः बन्धकहरूलाई घर फर्काउने, युद्धविराम गर्ने र सबैलाई स्थायी शान्ति र सुरक्षाको लागि सही मार्गमा ल्याउने सबैभन्दा राम्रो र सम्भवतः अन्तिम अवसर हो ।”

शीर्ष अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति जो बाइडेनले आफूलाई ‘वार्तालार्ई सही दिशामा लान र अन्ततः युद्धविराम सम्झौता हुँदै स्थायी शान्तिमा बदल्ने जिम्मेवारी दिएर’ पठाएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “यो काम पूरा गर्ने समय हो । कसैले पनि यो प्रक्रियालाई बिथोल्न सक्ने कुनै पनि कदम नचालोस् भन्ने पनि सुनिश्चित गर्ने समय आएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले थप्नुभयो, “त्यहाँ कुनै आक्रमणमा वृद्धि नहोस्, उत्तेजना नहोस्,सम्झौता प्राप्त गर्नबाट टाढा सार्न सक्ने कुनै पनि कार्यहरू नहून् भन्ने सुनिश्चित गर्न आवश्यक छ ।”

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि मध्यपूर्वको नवौँ भ्रमणमा रहेका ब्लिन्केनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

इरान र लेबनानी सशस्त्र समूह हेजबुल्लाहले हालै दुई लडाकू नेताको हत्याको बदला लिने चेतावनी दिएपछि इजरायलमा यो ‘डरलाग्दो क्षण’ भएको र क्षेत्रीय तनाव बढाउने कुनै पनि कदम नचाल्न अमेरिकी विदेशमन्त्री ब्लिङकेनले चेतावनी दिनुभएको छ ।

गाजामा अक्टोबर ७ मा भएको आक्रमणपछि गाजामा बन्धक बनाइएकाहरूलाई जतिसक्दो चाँडो फिर्ता गर्नु इजरायली सरकार र नागरिकको चाहना रहेको राष्ट्रपति हर्जोगले बताउनुभयो ।

हर्जोगले ब्लिन्केनलाई भन्नुभयो, “हाम्रा बन्धकहरूलाई फिर्ता ल्याउनुभन्दा ठूलो मानवीय उद्देश्य र कारण अरू केही छैन ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com