अमेरिकी नागरिकता आवेदन दिंदा १२ नम्बर प्रश्नको जवाफ दिए सोसल सेक्युरिटी रेकर्ड स्वत: अपडेट


प्रकाशित मिति : श्रावण २९, २०८१ मंगलबार

Photo by DonkeyHotey on Flickr. License: Attribution 2.0 Generic (CC BY 2.0)

अप्रिलदेखि अमेरिकी नागरिकता आवेदन दिंदा नै सोसल सेक्युरिटी नम्बरको रेकर्ड अपडेट गर्न सकिन्छ । अप्रिल १ देखि नयाँ संस्करणको नागरिकता आवेदन एन ४०० भर्दा १२ नम्बर प्रश्नको जवाफ दिएर सोसल सेक्युरिटी नम्बर अनुरोध गर्न, पुनस्थार्पनाका लागि अनुरोध गर्न र युएससीआईएसलाई अमेरिकी नागरिकको रूपमा सोसल सेक्युरिटी नम्बरमा आफ्नो अध्यागमन स्थिति अद्यावधिक गर्ने सकिन्छ ।

अमेरिकी नागरिकता आवेदनको १२ (ए)को प्रश्नको जवाफमा ‘एस’मा टिक लगाएको खण्डमा १२ (बी) मा सोसल सेक्युरिटी नम्बर उपलब्ध गराउनुपर्छ भने १२ (सी) मा सोसल सेक्युरिटी प्रशासनलाई आफ्नो विवरणमा पहुचका लागि ‘एस’मा टिक लगाएर स्वीकृति प्रदान गर्नुपर्छ । यसो गरेमा अमेरिकी नागरिकता प्राप्त गरिसकेपछि सोसल सेक्युरिटी नम्बर अपडेट गर्न सोसल सेक्युरिटी प्रशासनको कार्यालय गइरहनुपर्दैन ।

अमेरिकी नागरिकता आवेदनमा थपिएको सोसल सेक्युरिटी सम्बन्धि प्रश्न

सोसल सेक्युरिटी नम्बर अपडेटको अनुरोध गर्न नागरिकता आवेदन फारम एन ४०० मा थप प्रश्नहरू भर्ने विकल्प उपलब्ध छन् । योसँगै फारम एन ४०० मा सोसल सेक्युरिटी कार्ड अपडेटको विकल्प छनोट गर्नाले धेरैजसो नयाँ नागरिकहरूलाई सोसल सेक्युरिटी कार्ड अपडेट गर्नका लागि सोसल सेक्युरिटी फिल्ड अफिसमा गएर अमेरिकी नागरिकता लिएको प्रमाणित गर्ने कागजात उपलब्ध गराउने बाध्यता हटेको छ । तर आवश्यकता भएमा सोसल सेक्युरिटी प्रशासनले थप जानकारी अनुरोध गर्नसक्ने जनाइएको छ ।

सोसल सेक्युरिटी कार्ड अनुरोध वा अपडेट गर्ने विकल्प नागरिकता आवेदनको अप्रिल १ , २०२४ पछिको संस्करणमा उपलब्ध भएको हो । एन ४०० आवेदनका विगतका संस्करणहरुमा यो सुविधा उपलब्ध थिएन । अमेरिकी नागरिकता आवेदन दिंदा सोसल सेक्युरिटी नम्बर अपडेटको विकल्प छनौट नगर्नेहरुले अमेरिकी नागरिकता लिइसकेपछि सोसल सेक्युरिटी कार्यालयमा गएर सोसल सेक्युरिनी नम्बर अपडेट गर्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी नागरिकताको आवेदन अनलाइनमार्फत दिनेहरुका सन्दर्भमा अप्रिल १ पछि यो विकल्प अनलाइन आवेदनमा स्वत उपलब्ध भइसकेको छ । अनलाइनबाट नागरिकता आवेदन पेश गर्नका लागि आवेदनकले युएससीआईएसमा अनलाइन एकाउन्ट खोल्नुपर्छ । अप्रिल १ बाट अमेरिकी नागरिकता आवेदन शुल्क ७६० डलर बनाइएको छ । तर अनलाइनबाट फाइल गर्नेहरुले ५० डलर डिस्काउन्ट पाउँछन् अर्थात् ७१० डलर शुल्क तिरे पुग्छ ।

तपाईले अमेरिकी नागरिकता लिनुभन्दा अगाडि नै सोसल सेक्युरिटी नम्बर प्राप्त गर्नुभएको थियो भने तपाईले  अमेरिकी नागरिकता लिइसकेपछि सोसल सेक्युरिटी रेकर्ड अपडेट गर्नुपर्छ । तर तपाईले नयाँ सोसल सेक्युरिटी नम्बर भने लिनु पर्दैन । तपाईको पूरानै नम्बरमा रेकर्ड अपडेट गर्न आवश्यक छ ।

नागरिकता आवेदन दिंदा नै अपडेट अनुरोध नगर्नेहरुले  नागरिकता लिइसकेपछि  कम्तीमा १० दिन पछाडि सोसल सेक्युरिटी अफिसमा गएर आफ्नो विवरण अपडेट गर्नुपर्छ । नागरिकता लिइसकेपछि सपथग्रहण समारोह भएको कम्तीमा १० दिन प्रतिक्षा गर्न युएससीआईएसले सुझाव दिएको छ । नागरिकता लिइसकेपछि नागरिकताको प्रमाणपत्र वा पासपोर्ट लिएर जानुपर्छ ।

जागिरका लागि, सोसल सेक्युरिटी सुविधा लिन र अन्य सरकारी सुविधा प्राप्त गर्नका लागि तपाईको सोसल सेक्युरिटी रेकर्ड ठीकठाक हुन आवश्यक छ । तपाईलाई काममा लगाइसकेपछि रोजगारदाताले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको वेवसाइटमा आधारित प्रणालीमा तपाईको सोसल सेक्युरिटी हालेर तपाई काम गर्न योग्य भए नभएको निर्धारण गर्न सक्छन् ।

यदि तपाईको सोसल सेक्युरिटी रेकर्ड अपडेट नभएको खण्डमा रोजगारदाताले प्राप्त गर्ने कामको योग्यता सम्बन्धि विवरणमा फरक पर्नसक्छ । किनभने अमेरिकामा कतिपय कामका लागि अमेरिकी नागरिकता हुनसमेत अनिवार्य हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com