पेरिस ओलम्पिकको उद्घाटन हुनुअघि फ्रान्सको उच्च गतिको रेल नेटवर्कमा आगजनी


प्रकाशित मिति : श्रावण ११, २०८१ शुक्रबार

SNCF employees and French gendarmes inspect the scene of a suspected attack on the high speed railway network at Croiselles, northern France on July 26, 2024. French security forces are hunting people behind arson attacks that hobbled the country’s high-speed rail network hours before the Olympic Games opening ceremony, Prime Minister Gabriel Attal said. (Photo by Denis CHARLET / AFP)

फ्रान्सको सरकारी रेलसेवा कम्पनी एसएनसिएफमा आगजनी भएको छ ।

पेरिस ओलम्पिकको उद्घाटन समारोह सुरु हुनुभन्दा केही घण्टा अगाडि फ्रान्सको उच्च गतिको (टिजिभी) रेल नेटवर्कलाई अवरुद्ध पार्न एथलीटहरूले आक्रमण गरेको खेल मन्त्री अमेली ओडियाकास्टेराले शुक्रबार बताउनुभयो ।

उच्च गतिको रेल सेवा नेटवर्कलाई प्रभावित पार्न भएको आगजनीसहितको आक्रमणले यातायात प्रणाली अवरुद्ध भएको छ ।

राष्ट्रिय रेल सञ्चालक ‘एसएनसिएफ तोढफोड जन्य कार्यको सिकार भएको छ भने आक्रमणले एटलान्टिक, उत्तरी र पूर्वी लाइनहरूलाई असर गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आक्रमणले रेल सुविधालाई क्षति पुर्याउँदा प्रभावित लाइनहरूमा ‘रेल ट्राफिक अवरुद्ध’ भएको तथा मर्मत सम्भार लगायतको अवस्थाले प्रभाव साताब्यापी रहने जनाइएको छ ।

आक्रमणपछि रेलहरू विभिन्न मार्गमा मोडिरहेको अवस्थामा ठूलो सङ्ख्यामा रद्द गर्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कडा सुरक्षा ब्यवस्थाबीच ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन समारोहमा तीन लाख दर्शक तथा पाहुना उपस्थित हुने अपेक्षा गरिएको समय आकस्मिक आक्रमण गरी बदनाम गराउने प्रयास भएको छ ।

शुक्रबार साँझ हुने परेडमा सात हजार ५०० जनासम्म प्रतियोगीहरूले ८५ वटा डुङ्गामा साइन नदीको छ किलोमिटर यात्रा गर्नेछन् ।

स्रोतका अनुसार एथलेटिक्स स्टेडियम बाहिर ग्रीष्मकालीन ओलम्पिकको यो पहिलो उद्घाटन हुनेछ ।

आक्रमणपछि पेरिसको मोन्टपार्नास रेल स्टेसनमा रेल सेवा ३० मिनेटदेखि साढे दुई घण्टाको ढिला हुने घोषणा भएपछि कैयौँ यात्रुहरू अलपत्र परेका र थप जानकारीको लागि पर्खिरहेका छन् ।

जुलाई २९ (सोमबार) बाट सामान्य सेवा पुनः सुरु हुने अपेक्षा रेलवे स्टेसनको प्रस्थान हलमा रहेको एउटा सङ्केतमा लेखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com