पोर्चुगलमा नेपालीको अवस्था समेटिएको ‘नेपाल-पोर्चुगल दर्पण’ स्मारिका विमोचन


प्रकाशित मिति : श्रावण ९, २०८१ बुधबार

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्धारा प्रकाशित ‘नेपाल-पोर्चुगल दर्पण’ स्मारिकाको विमोचन गरिएको छ ।

संघले राजधानी लिस्बनमा एक कार्यक्रमको आयोजना गरि स्मारिकाको विमोचन गरेको हो । स्मारिकाको विमोचन गर्दै संघका संस्थापक अध्यक्ष पूर्णबहादुर हमालले बिदेशी भूमिमा रहेर नेपाली पुस्तक प्रकाशन गर्नु ऐतिहासिक र सरहानीय कार्य भएको बताउनुभयो । पोर्चुगलमा रहेका नेपालीका लागि सूचनामुलक र सन्देशमुलक पुस्तक प्रकाशन गरेको भन्दै हमालले प्रशंसा समेत गर्नुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य एवं स्मारिकाका सम्पादक राजकुमार थापाले समग्र विषयवस्तुलाई समेटेर पुस्तक प्रकाशन गरिएको उल्लेख गर्दै पोर्चुगलबासी नेपालीका लागि पुस्तक अत्यन्तै उपयोगी र संग्रहणीय रहेको बताउनुभयो । स्मारिकाका लागि लेख, रचना र साहित्यिक सामाग्री उपलब्ध गराएर पुस्तकलाई पठनीय र जानकारीमुलक बनाउन सहयोग गरेको भन्दै सम्पादक थापाले सबैप्रति आभार प्रकट गर्नुभयो ।

संघका अध्यक्ष उमेश खड्काले पोर्चुगलबासी नेपालीको भावनालाई समेट्ने गरि पुस्तक प्रकाशन गरिएको बताउँदै पुस्तक प्रकाशन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुस्तकमा पोर्चुगलसम्बन्धी संक्षिप्त जानकारी, पोर्चुगलमा नेपालीको अवस्था, एनआरएनए गतिविधि, आधारभूत पोर्चुगिज भाषा, आप्रवासी सम्बन्धी कानुनी तथा कागजी प्रक्रिया लगायतका जानकारीमुलक लेख, रचना र साहित्य समेटिएको छ।

सो अवसरमा सांगीतिक कार्यक्रमका लागि युरोप भ्रमणमा रहनुभएका चर्चित लोकगायक विष्णु खत्रीलाई सम्मान समेत गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com