ट्रम्पमाथिको आक्रमण रोक्न असफल भएको स्वीकार्दै सेक्रेट सर्भिसकी निर्देशकबाट राजिनामा


प्रकाशित मिति : श्रावण ८, २०८१ मंगलबार

WASHINGTON, DC – JULY 22: United Sates Secret Service Director Kimberly Cheatle testifies before the House Oversight and Accountability Committee during a hearing at the Rayburn House Office Building on July 22, 2024 in Washington, DC. The beleaguered leader of the United States Secret Service has vowed cooperation with all investigations into the agency following the attempted assassination of former President Donald Trump. Kent Nishimura/Getty Images/AFP (Photo by Kent Nishimura / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

अमेरिकाको सेक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चेटलले मंगलबार राजीनामा दिएकी छिन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासको वरिपरि सुरक्षा असफलता र प्रमुख रिपब्लिकन सांसदहरूबाट राजीनामा गर्न आह्वान गरेपछि उनको राजिनामा आएको हो ।

मंगलबार सेक्रेट सर्भिसका कर्मचारीहरूलाई पठाइएको इमेलमा चेटलले सेक्रेट सर्भिसको प्रमुख कर्तव्यहरू मध्ये एक राष्ट्रका नेताहरूको सुरक्षा गर्नु रहेको र एजेन्सीले बन्दुकधारीबाट अभियान र्‍याली सुरक्षित गर्न असफल भएकोमा जुलाई १३ मा उक्त मिसनमा चुकेको उल्लेख छ ।

राजीनामाको लागि गरिएका आह्वानहरू सेक्रेट सर्भिसका महत्त्वपूर्ण मिशनमा त्यसमा कार्यरतहरु प्रत्येकले गर्ने महान कामबाट विचलित नहोस् भन्ने उद्देश्यले आफूले राजिनामा दिएको उनले कर्मचारीलाई पठाएको इमेलमा बताएकी छिन् । आफू एजेन्सीमा गहिरो प्रतिबद्ध रहेको हालैका घटनाहरूको सन्दर्भमा भारी हृदयले निर्देशकको पद छोड्ने कठिन निर्णय गरेको उनले बताएकी छिन् ।

अमेरिकी सेक्रेट सर्भिस निर्देशक किम्बर्ली चेटलले सोमबार सदनको निरीक्षण र उत्तरदायित्व समितिमा बयान दिदै । (एपी फोटो/रोड ल्याम्की, जुनियर)

राष्ट्रपति बाइडेनले मंगलबार एक विज्ञप्तिमा चेटललाई एजेन्सीको नेतृत्व गर्नको लागि आफूले विगतमा गरेको आह्वानलाई स्वीकार गरेकोमा धन्यवाद दिएका छन् । सार्वजनिक सेवामा सबैभन्दा चुनौतीपूर्ण कामहरू मध्ये एकको लागि जिम्मेवारी दिइएको र संस्थाको लागि पूर्ण जिम्मेवारी लिनको लागि सम्मान, साहस र अविश्वसनीय इमानदारी चाहिने बाइडेनले बताएका छन् । बाइडेनले चाँडै नै नयाँ निर्देशक नियुक्त गर्ने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनले अगस्ट २०२२ मा पदमा नियुक्तिको घोषणामा चेटलको उच्च प्रशंसा गरेका थिए । उनले करिब तीन दशकसम्म एजेन्सीमा काम गरेकी थिइन् । तर ट्रम्पको हत्या प्रयासपछि उनका लागि दुर्भाग्य सुरु भयो । ट्रम्प घाइते भएपनि उनलाई स्टेजबाट बाहिर निकालेर सुरक्षित घोषित गरिएको थियो । र्‍यालीमा भाग लिने पूर्व स्थानीय फायर प्रमुख कोरी कम्परेटोरको मृत्यु भएको थियो भने अन्य दुई सहभागीलाई अस्पताल भर्ना गरिएको थियो।

सोमबार चेटलले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासलाई रोक्न एजेन्सी आफ्नो मिसनमा असफल भएको स्वीकार गरेकी थिइन् । निरीक्षण र जवाफदेहितासम्बन्धी सदन समितिको सुनुवाइमा उनले जुलाई १३ मा आफूहरु असफल भएको र अमेरिकाको सेक्रेट सर्भिसको निर्देशकका रूपमा कुनै पनि सुरक्षा त्रुटिका लागि पूर्ण जिम्मेबारी लिने बताएकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com