जनसम्पर्क निर्देशनालय भन्छ : खोज र उद्धारमा ८६८ सैनिक परिचालित छन्


प्रकाशित मिति : श्रावण ४, २०८१ शुक्रबार

चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण शुक्रबार बिहान यात्रुसहित त्रिशुलीमा बेपत्ता दूइृ वटा बस खोजीगर्दा आज भेटिएका कपडा र फर्किदै गरेका सुरक्षाकर्मी । साँझसम्म बस नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको छ । तस्बिर :कृष्ण आचार्य / रासस

नेपाली सेनाले देशका विभिन्न स्थानमा विपद् व्यवस्थापन, खोज तथा उद्धारका लागि ८ सय ६८ जनाको फौज परिचालित भएको जनाएको छ ।
पहिराले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रुवाहक बसका यात्रीको खोज तथा उद्धारका लागि गोताखोरसहित नेपाली सेनाका १ सय ४२ जनाको टोली परिचालित भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नदिको उच्च बहाब तथा धमिलो पानीको बाबजुद पनि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका संयुक्त टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिइरहेका छन् ।

खोजीको क्रममा उद्धार टोलीले शुक्रबारसम्म २३ जनाको शव फेला परेको छ । सोमध्ये नौ वटा शवको सनाखत हुन बाँकी छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते ६५ यात्री रहेको दुई वटा बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com