एयर इन्डियाको विमान रूसमा आकस्मिक अवतरण, यात्रु तथा चालक दलका सदस्य सुरक्षित


प्रकाशित मिति : श्रावण ४, २०८१ शुक्रबार

एयर इण्डियाको साङ्केतिक तस्बिर

एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । विमान नयाँ दिल्लीबाट सान फ्रान्सिस्को जाँदै थियो । विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिअनुसार विमानमा ‘ककपिट क्रू’ ले सामान राख्ने भागमा सम्भावित समस्या पत्ता लगाएपछि सावधानीपूर्वक अवतरण गरेको थियो । विमानमा सवार २२५ यात्रु तथा चालक दलका १९ सदस्यलाई थप अनुसन्धान र आगामी प्रक्रियाका लागि टर्मिनल भवनमा लगिएको विज्ञप्तिमा जनाइएको छ ।

उक्त रूसी विमानस्थलमा एयर इन्डियाको आफ्नै कर्मचारी नभएको कारण यात्रुलाई आवश्यक सहयोग प्रदान गर्न तेस्रो–पक्ष सहयोगको व्यवस्था गरी सरकारी निकाय र नियामक अधिकारीको सम्पर्कमा यात्रुलाई चाँडै सान फ्रान्सिस्को लैजान क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडानको व्यवस्था गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

एयर इन्डियाका प्रवक्ताले एयर इन्डिया यात्रु र कर्मचारीको बारेमा चिन्तित रहेको बताउँदै सकेसम्म छिटो उडान सञ्चालनका लागि सबैको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न हर सम्भव प्रयास गरिरहेको जनाउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले एयर इन्डियामा यात्रु र चालक दलका सदस्यको सुरक्षा प्राथमिकतामा रहेको उल्लेख गर्दै अवस्थाको मूल्याङ्कन गरी यात्रुलाई जति सक्दो छिटो गन्तव्यमा पु¥याउने व्यवस्था गर्ने बताउनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com