स्पेनलाई चौथो पटक युरो कपको उपाधि , इंग्ल्यान्ड उपबिजेता मै सिमित


प्रकाशित मिति : असार ३०, २०८१ आईतबार

स्पेनले युरो कप फुटवल प्रतियोगिता २०२४ को उपाधि जितेको छ ।

यो स्पेनका लागि किर्तिमानी चौथो पटक जितेको युरो कप को उपाधि हो ।

जर्मनीको बर्लिनमा सोमबार बिहान सम्पन्न भएको फाइनलमा इंग्ल्यान्डलाई २-१ को गोल अन्तरले हराउदै स्पेन युरो कपको च्याम्पियन बन्न सफल भएको हो ।

यता इंग्ल्यान्ड भने फेरि एकपटक युरोकपको उपाधि जित्नबाट वञ्चित बनेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इंग्ल्यान्ड युरोकपको साबिक उप–विजेता पनि थियो । इंग्ल्यान्डको टोली सन् २०२० मा सम्पन्न युरोकपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो ।

निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा मिकेल ओयार्जाबालले निर्णायक गोल गर्दै स्पेनलाई किर्तिमानी चौथो पटकको उपाधि दिलाए ।

यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर दोस्रो हाफको सुरुवातमा नै लामिन यामालको पासमा निको विलियम्सले स्पेनलाई अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा कोल पाल्मरले बराबरी गोल फर्काएपछि इंग्ल्याण्ड खेलमा फर्किएको थियो।

स्पेनले युरोकपको उपाधि जितेको यो कीर्तिमानी चौथोपटक हो । स्पेनले सन् १९६४ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा तत्कालीन सोभियत संघलाई २–१ गोलले हराएको थियो ।

स्पेनले जारी युरोकपमा अपराजित रहँदै उपाधि जितेको हो।

समूह चरणमा इटाली, क्रोयशिया र अल्बानियालाई पराजित गर्दै नक आउट चरणमा प्रवेश गरेको स्पेनले नक आउटमा जर्जिया र क्वाटरफाइनलमा जर्मनीलाई पराजित गरेको थियो।

स्पेन सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनल पुगेको थियो।

युरोकपमा स्पेनको यो चौथो उपाधि हो। यसअघि सन् १९६४, २००८ र २०१२ मा स्पेनले युरोकपको उपाधि जितेको थियो।

इंग्ल्याण्डले पहिलोपटक युरो च्याम्पियन बन्ने मौका गुमाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com