ट्रम्पको हत्या प्रयास असफल, कानको माथिल्लो भागमा चोट, संदिग्ध बन्दुकधारी मारिए


प्रकाशित मिति : २९ असार २०८१, शनिबार

Republican presidential candidate former President Donald Trump gestures as he is surrounded by U.S. Secret Service agents at a campaign rally, Saturday, July 13, 2024, in Butler, Pa. (AP Photo/Evan Vucci)

पेन्सिलभेनियामा एक र्‍यालीमा अमेरिकी राष्ट्रपति उम्मेदबार तथा अमेरिकाका पूर्व राष्ट्पति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । ट्रम्पको हत्या प्रयास असफल भएपनि उनको कानको माथिल्लो भागमा चोट लागेको छ । ट्रम्पमाथि गोली प्रहार गर्ने बन्दुकधारीको सुरक्षा कारवाहीमा मृत्यु भएको छ ।

ट्रम्पलाई पेन्सिलभेनियाको बटलरमा गोली प्रहार भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । घटनामा र्‍यालीमा सहभागी अर्का एकजना व्यक्तिको पनि मृत्यु भएको छ । अन्य दुई सहभागीहरु गम्भीर घाइते भएको सेक्रेट सर्भिसले जनाएको छ ।

(एपी फोटो/इभान भुची)

घटनालाई हत्याको प्रयासका रूपमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। सेक्रेट सर्भिसका प्रवक्ताका अनुशार ट्रम्पमाथि गोली प्रहार गर्ने बन्दुकधारीलाई सेक्रेट सर्भिसले मारेको थियो। ट्रम्पलाई उनको कानको वरिपरि रगत बगिरहेको अवस्थामा स्टेजबाट बाहिर निकालिएको थियो । ट्रम्पले सामाजिक सञ्जालमार्फत आफ्नो दाहिने कानको माथिल्लो भागमा गोलीले छेडेको बताएका छन् ।

राष्ट्रपति जो बाइडेनदे हिंसाको निन्दा गर्दै एउटा छोटो टेलिभिजन वक्तव्य दिएका छन् । बाइडेनले शनिबार साँझ छोटो टेलिभिजन टिप्पणीमा ट्रम्पलाई तुरुन्तै बाहिर निकालिएकोमा सुरक्षा अधिकारीप्रति कृतज्ञता व्यक्त गरेका छन् । यस्तो प्रकारको हिंसाको लागि अमेरिकामा कुनै ठाउँ नभएको उनले बताएका छन् ।

(एपी फोटो/इभान भुची)

बाइडेनको चुनावी अभियानले शनिबार राति एक विज्ञप्तिमा सबै चुनावी विज्ञापनहरु स्थगित गर्ने बताएको छ । टेलिभिजन विज्ञापनहरू सकेसम्म चाँडो स्थगनका लागि काम गरिरहेको जनाएको छ । यो कदमले राष्ट्रपति पदका उम्मेदवारमाथि हुने सम्भावित हत्या प्रयासको संकट निस्किँदा राजनीतिभन्दा माथि उठ्ने प्रयासलाई झल्काएको छ ।

सेक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले संदिग्ध बन्दुधकारीले मञ्च तर्फ धेरैपटक गोली चलाएको बताएका छन् । ट्रम्पले समर्थकहरूलाई सीमा पार गर्ने कागजपत्रविहिनको संख्याको चार्ट देखाउँदै गर्दा उनीमाथि गोली चलेको थियो ।

कोलाहल सुरु भएपछि उनी हतारिएर निस्किएका थिए । उनलाई सेक्रेट सर्भिसका एजेन्टहरूले मञ्चबाट एस्कर्ट गरेका थिए। उनको अनुहार र दाहिने कान रगतले लतपतिएको थियो। बाहिर निस्कदै गर्दा ट्रम्पले भीडतिर आफ्नो मुट्ठी उठाएका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com