रुसी सेनामा कार्यरत थप एक नेपाली युवाको मृत्यु , तनहुँका ९ जना परिवारको सम्पर्कमा छैनन


प्रकाशित मिति : असार १२, २०८१ बुधबार

रुसी सेनामा कार्यरत थप एकजना नेपाली युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भएका रन्जित गुरुङको मृत्यु भएको हो ।

रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर गुरुङको मृत्यु केहिदिन अघि भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले बताउनु भयो ।

सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन रहनु भएको थियो । त्यसअगाडि भने परिवारसँग उहाँको निरन्तर कुराकानी भइरहेको थियो ।

गुरुङका साथीले आफूहरु द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा उक्त घटना भएको र आफु पनि घाइते भएको परिवारलाई जानकारी दिएका छन । रुसी सेनामा भर्ना भएका तनहुँका ९ जना युवा परिवारको सम्पर्कमा नरहेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार जिल्लाका ९ जना युवा रुसी सेनामा भर्ना भएको र आफन्तको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com