रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर, १४ वर्ष सम्मको जेलसजाय माग


प्रकाशित मिति : असार १०, २०८१ सोमबार

सर्लाही जिल्ला अदालतले रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो ।

सरकारी अभियोजनकर्ताहरूले बम्जनलाई १२ देखि १४ वर्षको जेलसजाय माग गरेका छन्। पछिल्लो समय बमजन पुर्पक्षका लागि थुनामा रहँदै आएका छन्। सजाय भने पछि निर्धारण गरिनेछ । सजायका लागि असार १७ गते पेसी तोक्ने आदेश भएको छ ।

बमजन पुर्पक्षका लागि थुनामा रहँदै आएका छन्। उनलाई २०८० पुष २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको थियो ।

सर्लाहीको मुद्दाको फैसला भएसँगै उनलाई सिन्धुपाल्चोक, नुवाकोट र मकवानपुर जिल्ला अदालत पेस गरिने छ । यद्यपी तल्लो अदालतले दोषी ठहर गरेका बमजन फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदनका लागि जान भने सक्छन्। उनले आफूविरुद्धका आरोपहरू अस्वीकार गर्दै आएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बमजनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको उजुरी परेको थियो।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com