रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर, १४ वर्ष सम्मको जेलसजाय माग


प्रकाशित मिति : असार १०, २०८१ सोमबार

सर्लाही जिल्ला अदालतले रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो ।

सरकारी अभियोजनकर्ताहरूले बम्जनलाई १२ देखि १४ वर्षको जेलसजाय माग गरेका छन्। पछिल्लो समय बमजन पुर्पक्षका लागि थुनामा रहँदै आएका छन्। सजाय भने पछि निर्धारण गरिनेछ । सजायका लागि असार १७ गते पेसी तोक्ने आदेश भएको छ ।

बमजन पुर्पक्षका लागि थुनामा रहँदै आएका छन्। उनलाई २०८० पुष २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको थियो ।

सर्लाहीको मुद्दाको फैसला भएसँगै उनलाई सिन्धुपाल्चोक, नुवाकोट र मकवानपुर जिल्ला अदालत पेस गरिने छ । यद्यपी तल्लो अदालतले दोषी ठहर गरेका बमजन फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदनका लागि जान भने सक्छन्। उनले आफूविरुद्धका आरोपहरू अस्वीकार गर्दै आएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बमजनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको उजुरी परेको थियो।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com