होन्डुरसलाई बीस हजार कैदी राख्ने कारागार किन चाहियो ?


प्रकाशित मिति : असार १, २०८१ शनिबार

होन्डुरसले २० हजार क्षमताको ‘मेगा कारागार’ निर्माण गर्ने भएको छ । मुलुकमा ‘सुरक्षा आपत्कालीन’ विरुद्ध लड्ने उपायबीच राष्ट्रपति जिओमारा क्यास्ट्रोले मेगा कारागार बनाउने घोषणा गर्नुभयो ।

होन्डुरसको राष्ट्रिय सुरक्षा र सुरक्षा परिषद्का सदस्यहरूसँग क्यास्ट्रोले राति राष्ट्रलाई सम्बोधन गर्दै ‘अपराधविरुद्धको समाधानको योजना’ बढ्दो हिंसाका बारेमा सार्वजनिक गुनासोहरूको प्रतिक्रिया रहेको बताउनुभयो ।

उहाँले ‘हत्या, लागु औषधको ओसारपसार, जबर्जस्ती असुली, अपहरण, हतियारको तस्करी, अवैध सम्बन्ध र मनी लन्ड्रिङजस्ता अपराधको धेरै घटना भएका सबै क्षेत्रमा’ सशस्त्र बल र प्रहरीले ‘तत्काल हस्तक्षेप’ गर्नुपर्ने बताउनुभयो ।

मेगा कारागार र करिब एक दर्जन अन्य उपायले छिमेकी मुलुक एल साल्भाडोरलाई प्रतिध्वनि गर्दछ । एल साल्भाडोरमा राष्ट्रपति नायब बुकेलेको गिरोहविरोधी अभियानले अधिकार समूहहरूबाट आलोचना प्राप्त गरे पनि उहाँलाई ल्याटिन अमेरिकामा सबैभन्दा लोकप्रिय नेतामध्ये एक बनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

होन्डुरस विश्वको सबैभन्दा हिंसात्मक मुलुकमध्ये एक हो । यहाँ सन् २०२३ मा प्रति एक लाख बासिन्दामध्ये हत्या दर ३४ रहेको छ र यो विश्वव्यापी औसतभन्दा करिब छ गुणा हो । होन्डुरसको करिब ३० कारागारमा हाल करिब २१ हजार कैदी रहेका छन् ।

रक्षामन्त्री म्यानुअल जेलयाले क्यारेबियनमा स्वान द्वीपमा पहिला नै २० हजार कैदीलाई राख्ने योजना बनाइएको कारागार निर्माणका लागि दुई सातामा टेन्डर घोषणा गरिने जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com