ट्रम्प सबै ३४ अभियोगमा दोषी ठहर
प्रकाशित मिति : जेष्ठ १७, २०८१ बिहीबार
Former US President Donald Trump attends his trial for allegedly covering up hush money payments linked to extramarital affairs, at Manhattan Criminal Court in New York City, on April 30, 2024. Trump, 77, is accused of falsifying business records to reimburse his lawyer, Michael Cohen, for a $130,000 hush money payment made to porn star Stormy Daniels just days ahead of the 2016 election against Hillary Clinton. (Photo by JUSTIN LANE / POOL / AFP)
न्युयोर्कको म्यानह्याटनको एक जुरीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई झुठो व्यापार अभिलेख राखेको मुद्दामा सबै ३४ वटा अभियोगमा दोषी ठहर गरेको छ । पोर्नस्टार स्टोर्मी डानियललाई चुप लगाउनका लागि ट्रम्पले रकम तिरेको रकमका सन्दर्भमा चलिरहेको मुद्दामा ट्रम्पलाई दोषी ठहर गरिएको हो । अब ट्रम्प अमेरिकी इतिहासमा कुनै अपराधमा दोषी ठहर हुने पहिलो राष्ट्रपति भएका छन् ।
अभियोजकहरूले ट्रम्पलाई २०१६ को चुनावको अखण्डतालाई कमजोर पार्न अवैध षड्यन्त्रमा भाग लिएको र नकारात्मक जानकारी दबाउनको लागि गैरकानूनी योजनामा भाग लिएको आरोप लगाएका थिए । जसमा वयस्क फिल्म स्टार स्टर्मी डेनियललाई चुप लगाउन रकम भुक्तान गरेको विषय लुकाइएको थियो।

ट्रम्पले उक्त रकम आफ्ना वकिल माइकल कोहेनमार्फत डानियललाई दिएको र ट्याक्स फाइल गर्दा व्यापारको रेकर्डमा कानुनी खर्चको रूपमा सूचीबद्ध गरेको अभियोग लगाइएको थियो । ट्रम्पले पोर्नस्टारलाई चुप लगाउनका लागि गरेको भुक्तानीको सम्बन्धमा फर्जी व्यापार रेकर्डका सन्दर्भमा ३४ वटा अभियोगको सामना गरेका हुन् ।
ट्रम्पको कम्पनी र ट्रम्प संगठनले पोर्नस्टार स्टोर्मी डेनियललाई भुक्तानीको लागि कोहेनलाई रकम दिएको तथा त्यसका लागि कोहेनलाई बोनस र अतिरिक्त भुक्तानी दिएको अभियोग लगाइएको थियो । ती लेनदेनहरू कानूनी खर्चको रूपमा कम्पनीको रेकर्डमा गलत रूपमा राखिएको अभियोजकहरुले अभियोग लगाएका थिए ।






