ट्रम्प सबै ३४ अभियोगमा दोषी ठहर


प्रकाशित मिति : जेष्ठ १७, २०८१ बिहीबार

न्युयोर्कको म्यानह्याटनको एक जुरीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई झुठो व्यापार अभिलेख राखेको मुद्दामा सबै ३४ वटा अभियोगमा दोषी ठहर गरेको छ । पोर्नस्टार स्टोर्मी डानियललाई चुप  लगाउनका लागि ट्रम्पले रकम तिरेको रकमका सन्दर्भमा चलिरहेको मुद्दामा ट्रम्पलाई दोषी ठहर गरिएको हो । अब ट्रम्प अमेरिकी इतिहासमा कुनै अपराधमा दोषी ठहर हुने पहिलो राष्ट्रपति भएका छन् ।

अभियोजकहरूले ट्रम्पलाई २०१६ को चुनावको अखण्डतालाई कमजोर पार्न अवैध षड्यन्त्रमा भाग लिएको र नकारात्मक जानकारी दबाउनको लागि गैरकानूनी योजनामा ​​भाग लिएको आरोप लगाएका थिए । जसमा वयस्क फिल्म स्टार स्टर्मी डेनियललाई चुप लगाउन रकम भुक्तान गरेको विषय लुकाइएको थियो।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प म्यानहट्टन  अदालत भित्र  (मार्क पिटरसन/एपी मार्फत पूल फोटो)

ट्रम्पले उक्त रकम आफ्ना वकिल माइकल कोहेनमार्फत डानियललाई दिएको र ट्याक्स फाइल गर्दा व्यापारको रेकर्डमा कानुनी खर्चको रूपमा सूचीबद्ध गरेको अभियोग लगाइएको थियो । ट्रम्पले पोर्नस्टारलाई चुप लगाउनका लागि गरेको भुक्तानीको सम्बन्धमा फर्जी व्यापार रेकर्डका सन्दर्भमा ३४ वटा अभियोगको सामना गरेका हुन् ।

ट्रम्पको कम्पनी र ट्रम्प संगठनले पोर्नस्टार स्टोर्मी डेनियललाई भुक्तानीको लागि कोहेनलाई रकम दिएको तथा त्यसका लागि कोहेनलाई बोनस र अतिरिक्त भुक्तानी दिएको अभियोग लगाइएको थियो । ती लेनदेनहरू कानूनी खर्चको रूपमा कम्पनीको रेकर्डमा गलत रूपमा राखिएको अभियोजकहरुले अभियोग लगाएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com