अमेरिकामा पैदलयात्रीहरुका लागि खतरनाक काउन्टीमा टपटेनमध्ये ८ वटा न्युयोर्क र न्युजर्सीका


प्रकाशित मिति : चैत्र २, २०८० शुक्रबार

Time Square, New York during daytime

अमेरिकामा पैदलयात्रीहरुका लागि खतरनाक काउन्टीहरुको सूची सार्वजनिक गरिएको छ । नयाँ अनुसन्धानले पैदल यात्रुहरू कार दुर्घटनाबाट सबैभन्दा बढी जोखिममा रहेका अमेरिकाका काउन्टीहरू पत्ता लगाएको हो ।

खतरनाक काउन्टीको पहिलो नम्बरमा भर्जिनियाको अलेक्जेण्ड्रिया रहेको छ । पैदल यात्रुको मृत्युको उच्चतम प्रतिशतको साथ यो काउन्टी पहिलो नम्बरमा आएको हो, जहाँ सन् २०१७ देखि २०२१ सम्मका ट्राफिक दुर्घटनामा भएका २५ मृत्युमध्ये १५ जना पैदलयात्रीहरु थिए । अर्थात् ट्राफिक दुर्घटनामा ज्यान गुमाउनेमा ६० प्रतिशत पैदलयात्रीहरु छन् । यो अध्ययनमा समावेश काउन्टीहरूको उच्चतम अनुपात हो ।

सूचीमा टपटेनमा रहेकामध्ये ८ वटा काउन्टी न्युयोर्क र न्युजर्सीका छन् । दोश्रोमा न्युयोर्कको न्युयोर्क सिटी, तेश्रोमा न्युयोर्कको ब्रुकलिन, चौथोमा क्यालिफोर्नियाको सान फ्रान्सिस्को, पाँचौंमा न्युयोर्क रिचमण्ड, छैठौंमा न्युयोर्कको क्वीन्स, सातौंमा न्युजर्सीको एसेक्स, आठौंमा न्युजर्सीको हडशन, नवौंमा न्युजर्सीको युनियन र दशौंमा न्युजर्सीकै बर्जन काउन्टी रहेका छन् । त्यस्तै सूचीमा ११ औं नम्बरमा न्युयोर्कको ब्रोंक्स रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१२ औं नम्बरमा मासाचुसेट्सको सफक, १३ मा नर्थ क्यारोलिनाको डेयर, १४ मा न्युजर्सीको क्यामडन, १५ मा भर्जिनियाको आलिंगटन, १६ मा अलास्काको एंकोरेज, १७ मा जर्जियाको क्लेटोन, १८ मा न्युजर्सीको मर्सर, १९ मा मेरिल्याण्डको बाल्टिमोर सिटी र २० औं नम्बरमा भर्जिनियाको ह्यारिसनबर्ग रहेका छन् ।

लुजियानामा रहेको लेबोर्डे अर्ल्स इन्जुरी लयर्सले सन् २०१७ र २०२१ को बीचमा भएका घातक कार दुर्घटनाहरूमा राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनको तथ्यांकको विश्लेषण गरेको हो । अध्ययन त्यस समयसीमामा कार दुर्घटनाबाट कम्तिमा १० जनाको मृत्यु भएका काउन्टीहरूमा केन्द्रित थियो, जसले अनुसन्धानकर्ताहरूलाई पैदल यात्रुहरूका लागि उच्च जोखिम भएका क्षेत्रहरू पत्ता लगाउन सहज बनायो ।

अध्ययनले पैदल यात्रुको सुरक्षालाई प्राथमिकता दिनुपर्ने महत्त्वलाई जोड दिएको छ । अनुसन्धान अनुशार पाँच वर्षको अवधिमा देशभरि कार दुर्घटनामा ३२ हजार भन्दा बढी पैदल यात्रीहरूको मृत्यु भएको छ, जुन औसतमा प्रत्येक दिन १७ भन्दा बढी हो ।

अमेरिकामा कैयन नेपालीहरुले पैदलयात्राका क्रममा गाडीको ठक्करबाट ज्यान गुमाउने गरेका छन् । यसरी ज्यान गुमाउनेहरुमा बालबालिकाहरु समेत छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com