त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी आम्नेसाम्ने हुदै


प्रकाशित मिति : फाल्गुन २९, २०८० मंगलबार

Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि बुधबार नेपाल र पपुवा न्युगिनी पीएनजी आम्नेसाम्ने हुदैछन । नेपाली समयअनुसार पौने १२ बजे हङकङको मोङ कोकमा फाइनल खेल शुरु हुनेछ । मंगलबार भएका खेलमा नेपालले पीएनजीलाई र पीएनजीले घरेलु टोली हङकङलाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए ।

पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले दोस्रो खेलमा भने हङकङलाई १० विकेटले हराएको हो । यसअघि नेपाल र हङकङबीच आइतवार भएको पहिलो खेल वर्षाले स्थगित भएपछि एक एक अङ्क बाँडेका थिए ।

मंगलबार नेपालले पीएनजीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको हो । मंगलबार पपुवा न्युगिनीलाई पराजित गरेको खेलमा कुशल भुर्तेलले अलराउण्ड प्रर्दशन गर्दै ५९ बनाए भने ४ विकेट लिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com