आज न्यानो र घमाइलो मौषमको आनन्द लिंदै न्युयोर्क सिटीका बासिन्दा


प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार

two women hands on their back while raising their hands facing Empire State building

न्युयोर्क सिटीको अधिकतम तापक्रम आइतबार ६४ डिग्री फरेनहाइनसम्म पुगेपछि बासिन्दाहरूले न्यानो मौसमको आनन्द लिएका छन् । लगातारको बर्षापछि आइतबार न्युयोर्क सिटीको मौषम घमाइलो भएकाले र विदाको दिन भएकाले पनि न्युयोर्क सिटीका बासिन्दाले मौषमको आनन्द लिन पाएका छन् ।

विहान बादल लागेपनि दिन सुरु हुँदै गर्दा आकाश खुल्दै गएको हो । सोमबार भने मौषम केही चिसो हुनेछ । अधिकतम तापक्रम ५६ डिग्री फरेनहाइटसम्म  हुने र हल्का बर्षाको सम्भावना रहेको छ । मंगलबार पनि बर्षाको सम्भावना रहेको छ भने तापक्रम अझ घटेर अधिकतम ५० डिग्री फरेनहाइटसम्म हुनेछ ।

people standing on train station

बुधबार हल्का बर्षाको सम्भावना छ भने तापक्रम केही बढेर अधिकतम ५८ डिग्री फरेनहाइटसम्म पुग्नेछ । बिहिबार अचानक घटेर अधिकतम ४८ डिग्री हुनेछ भने बर्षाको पनि सम्भावना रहेको छ ।

शुक्रबार भने घाम लाग्ने र तापक्रम अधिकतम ५२ डिग्री फरेनहाइटसम्म पुग्नेछ । शनिबार बर्षाको सम्भावना छ भने अधिकतम तापक्रम ४७ डिग्री फरेनहाइटसम्म पुग्नेछ ।

फाइल फोटो: निक वाईसी र कोर्टनी कुक

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com