आज न्यानो र घमाइलो मौषमको आनन्द लिंदै न्युयोर्क सिटीका बासिन्दा
प्रकाशित मिति : फाल्गुन २०, २०८० आईतबार
न्युयोर्क सिटीको अधिकतम तापक्रम आइतबार ६४ डिग्री फरेनहाइनसम्म पुगेपछि बासिन्दाहरूले न्यानो मौसमको आनन्द लिएका छन् । लगातारको बर्षापछि आइतबार न्युयोर्क सिटीको मौषम घमाइलो भएकाले र विदाको दिन भएकाले पनि न्युयोर्क सिटीका बासिन्दाले मौषमको आनन्द लिन पाएका छन् ।
विहान बादल लागेपनि दिन सुरु हुँदै गर्दा आकाश खुल्दै गएको हो । सोमबार भने मौषम केही चिसो हुनेछ । अधिकतम तापक्रम ५६ डिग्री फरेनहाइटसम्म हुने र हल्का बर्षाको सम्भावना रहेको छ । मंगलबार पनि बर्षाको सम्भावना रहेको छ भने तापक्रम अझ घटेर अधिकतम ५० डिग्री फरेनहाइटसम्म हुनेछ ।

बुधबार हल्का बर्षाको सम्भावना छ भने तापक्रम केही बढेर अधिकतम ५८ डिग्री फरेनहाइटसम्म पुग्नेछ । बिहिबार अचानक घटेर अधिकतम ४८ डिग्री हुनेछ भने बर्षाको पनि सम्भावना रहेको छ ।
शुक्रबार भने घाम लाग्ने र तापक्रम अधिकतम ५२ डिग्री फरेनहाइटसम्म पुग्नेछ । शनिबार बर्षाको सम्भावना छ भने अधिकतम तापक्रम ४७ डिग्री फरेनहाइटसम्म पुग्नेछ ।
फाइल फोटो: निक वाईसी र कोर्टनी कुक






