न्युयोर्क सिटी हेर्न छिमेकीका रुख काट्नेलाई १३ हजार डलर जरिवाना, १ मिलियनको बिल


प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार

chainsaw near tree log

आफ्नो घरबाट न्युयोर्क सिटीको दृश्य राम्ररी हेर्न छिमेकीका रूख बिना अनुमति काट्ने न्युजर्सीका एक व्यक्तिलाई अदालतले १३ हजार डलर जरिवानाको फैसला गरेको छ । ग्रान्ट हेबरले म्यानहटनको स्काईलाइन दृश्यहरू राम्ररी हेर्न छिमेकीका ३२ वटा रूख काटिदिएका थिए । १३ हजार डलर जरिवाना  हेबरले ३० दिन भित्र तिर्नुपर्नेछ ।

उनले अब काटेका रूखहरू प्रतिस्थापन र हेरचाहको लागि १ मिलियन डलरभन्दा बढी तिर्नुपर्ने स्थानीय अभियोजकहरूको माग छ । हेबरलाई अहिले ३२ मध्ये १८ रुखको मात्र जरिवाना गरिएको हो, जुन गत मार्चमा उनले न्युजर्सीमा एक ठेकेदारलाई बन्चरो किन्नका लागि तिरेका थिए । सम्झौता बिना उनले ३२ हजार डलर जरिवानाका साथै अर्काको सम्पत्तिमा विना अनुमति प्रवेश गरेको शुल्कको सामना गरिरहेका छन् ।

brown wooden tool on white surface

हेबरले आफ्नो पाँच बेडरुम र ६ बाथरुम भएको ५ हजार बर्ग फुटको महलबाट न्युयोर्क सिटीको स्काईलाइनको राम्रो दृश्य देख्न हेर्न जङ्गल सफा गरेका थिए । तर विवादपछि हेबरले सहर नै छोडेको जनाइएको छ । उनले आफ्नो घर गत नोभेम्बरमा १ दशमलव ८ मिलियनमा बेचेका थिए जुन उनले २०१४ मा घर किन्दा तिरेको भन्दा ५ लाख डलर बढी हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काउन्टी सहरका न्यायाधीशले अप्रिल १९ मा हुने सुनुवाइमा उनले कति क्षतिपूर्ति दिनु पर्ने भन्ने निर्णय गर्नेछन् । ढलेका रूखहरू पुनर्स्थापित गर्न साइटमा सडक निर्माण गर्न र दुई वर्षको लागि नयाँलाई पानी दिन आवश्यक पर्ने भन्दै त्यसका लागि डेढ मिलियन डलर लाग्ने दावी गरिएको छ ।

कभर तस्वीर सांकेतिक मात्र हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com