वासिङटन डिसीस्थित इजरायली दूतावासबाहिर आफैलाई आगो लगाएपछि अमेरिकी सेनाको मृत्यु


प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार

आइतबार वाशिङटन, डीसीमा रहेको इजरायली दूतावास बाहिर आफूलाई आगो लगाउने अमेरिकी वायुसेनाका एक जवानको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

सान एन्टोनियो टेक्सासका २५ वर्षीय आरोन बुसनेलले घटनाको भिडियोमा आफू अब नरसंहारमा संलग्न नहुने र गाजामा मानवीय संकट जारी रहेकाले प्यालेस्टिनीहरूको तुलनामा उनको पीडा न्यून रहेको बताएका थिए ।

त्यसपछि उसले भिडियो रेकर्डिङ यन्त्रलाई जमिनमा राखेर आफूमाथि अज्ञात तरल पदार्थ खन्याएर आगो लगाएका थिए । उनले बारम्बार ‘फ्री प्यालेस्टाइन’ भनेर चिच्याउदै आगो लगाएको भिडियोमा देखिएको छ । प्रहरी अधिकारीहरूले आगो निभाउन खोज्दा खोज्दै उनी ढलेका थिए ।

त्यसपछि उनलाई स्थानीय अस्पतालमा लगिएको थियो जहाँ उनको मृत्यु भयो । स्थानीय प्रहरीले दिउँसो १ बजे भएको घटनाको अनुसन्धान गरिरहेको छ।

बुशनेलको पहिचान प्रहरीद्वारा पुष्टि गरिएको थियो । अमेरिकी वायुसेनाका प्रवक्ता रोज रिलेले उनी सक्रिय ड्युटीमा रहेका व्यक्ति भएको बताएका छन् । थप विवरणहरू आफन्तहरूको सूचनाहरू पूरा भएपछि उपलब्ध गराइने वायुसेनाले बताएको छ ।

इजरायली दूतावासका प्रवक्ताले दूतावासका कुनै पनि कर्मचारीलाई चोटपटक नलागेको बताएका छन् । गत डिसेम्बरमा एक व्यक्तिले एटलान्टामा इजरायली वाणिज्य दूतावास बाहिर पेट्रोल खनाएर आफूलाई आगो लगाएका थिए । एक प्यालेस्टिनी झण्डा घटनास्थलमा बरामद गरिएको थियो ।

इजरायलले गाजामा हमास विरुद्ध युद्ध गरिरहेको छ । हमास समूहको अक्टोबर ७ को हमला पछि इजरायली अधिकारीहरूका अनुसार इजरायलमा १२ सय मानिसहरू मारिएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा करिब ३० हजार व्यक्तिको मृत्यु भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com