न्युयोर्क सिटीका १३० भन्दा बढीस्थलमा निशुल्क ट्याक्स फाइल सेवा, अनलाइनबाट पनि निशुल्क गर्न सकिने


प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार

न्युयोर्क सिटीका मेयर एरिक आडम्स र न्युयोर्क सिटी हेल्थ प्लस हस्पिटलले आज न्युयोर्कबासीहरुका लागि निशुल्क ट्याक्स फाइल सेवाको घोषणा गरेका छन् । करको सिजन चलिरहेको बेला व्यक्तिगत र भर्चुअल रुपमा ट्याक्स फाइल सेवाहरू सिटीका सार्वजनिक अस्पतालहरूमा विभिन्न भाषाहरूमा उपलब्ध गराइएको छ । न्यूयोर्क सिटी डिपार्टमेन्ट अफ कन्ज्युमर एन्ड वर्कर प्रोटेक्शनको फ्री कर तयारी पहलको एक भागको रूपमा यो सेवा सुरु गरिएको हो ।

वार्षिक रूपमा ८५ हजार डलरसम्म वा कम कमाउने र परिवारको रूपमा फाइल गर्ने वा वार्षिक रूपमा ५९ हजार डलरसम्म वा कम कमाउने एकल र आश्रित बिना फाइल गर्ने दम्पत्तिहरूका लागि निशुल्क कर फाइल सेवा उपलब्ध छ। साइटहरूमा स्पानिस, चिनियाँ र बंगाली भाषामा सेवा उपलब्ध छ भने भर्चुअल ट्याक्स फाइल स्पानिसमा पनि उपलब्ध छ।

व्यक्तिगत रुपमा उपस्थीत भएर ट्याक्स फाइरल गर्नका लागि व्यक्तिहरूले अग्रिम अप्वायन्टमेन्टको समय तालिका बनाउनुपर्छ । साथमा परिचयपत्र र आम्दानीको प्रमाण ल्याउनु पर्छ। भर्चुअल सेवाहरूको लागि व्यक्तिहरूले आफ्नो कागजातहरू अपलोड गर्न सक्छन् र पेश गर्नु अघि उनीहरूको कर रिटर्न समीक्षा गर्न कर तयारीकर्तासँग भेट्न सक्छन्। कर फाइल गर्न आवश्यक कागजातहरूमा सरकारी परिचयपत्र, सोसल सेक्युरिटी कार्ड वा ट्याक्स आईडी नम्बर, बेरोजगारी विमा प्राप्त गरेको भए १०९९ जी, डब्ल्यु टु, १०९९, १०९८, स्वरोजगार भएमा आम्दानी र खर्चको रेकर्ड लगायत छन् । परिचयपत्रमा आईडीएनवाईसी पनि स्वीकार गरिन्छ । कागजातको सूची यहाँ हेर्नुहोला ।

यो सेवाले निशुल्क ट्याक्स फाइल सेवा प्रदान गर्नुका साथै न्यूयोर्कवासीहरूलाई भर्खरै परिष्कृत न्यूयोर्क सिटीको अर्नड इन्कम आयकर क्रेडिट जस्ता मूल्यवान कर क्रेडिटहरू सहित उनीहरूको पूर्ण रिफण्ड प्राप्त गर्न मद्दत गर्छ । व्यक्तिगतरुपमा उपस्थीत भएर न्युयोर्क सिटीका १३० भन्दा धेरै साइटमा उपस्थीत भएर कर फाइल गर्न सकिन्छ , जुन कर सिजनभर खुला रहनेछन् । ड्रप अफ सेवा लिन चाहने फाइलरहरूले आफ्नो कर कागजातहरू छोड्न र पछि ट्याक्स फाइल गरिसकेपछि पिकअप गर्न सक्छन्।

भर्चुअल रुपमा ट्याक्स फाइल गर्ने अनलाइन सेवामा आईआरएस प्रमाणित स्वयंसेवक तयारीकर्ताले सुरक्षित डिजिटल प्रणाली प्रयोग गरी आफ्नो कर रिटर्न तयार गर्न मद्दत गर्न फाइलरहरूसँग भिडियोमा कुराकानी गर्छन् । फाइलरहरूले तयारीकर्तालाई कर कागजातहरूको फोटो वा स्क्यान पेश गर्न सक्छन्, उनीहरूको पहिचान पुष्टि गर्न सक्छन् भने तयारीकर्तासँग भिडियो कलद्वारा आफ्नो ट्याक्स फाइल गर्न सक्छन्। यसका लागि फाइलरहरूलाई इन्टरनेटसहित कम्प्युटर, ट्याब्लेट वा स्मार्टफोनमा पहुँच चाहिन्छ । अनलाइनमा कसैको सहायताविना फाइल गर्न चाहने व्यक्तिले आफैपनि गर्न सक्नेछन् भने फोन वा इमेल मार्फत प्रश्नहरूको जवाफ दिन आईआरएस प्रमाणित तयारकर्ताहरु उपलब्ध हुनेछन्।

आगामी अप्रिल १५ सम्म ट्याक्स फाइल गर्न सकिनेछ भने न्यूयोर्कवासीहरूले निशुल्क ट्याक्स फाइलका लागि अप्वाइन्टमेन्ट लिन ३११ मा कल गर्न सक्नेछन् । वा यो वेवसाइटमा गएर अनलाइन अप्वाइन्टमेन्टहरु लिन वा अनलाइनबाट ट्याक्स फाइल गर्न सक्नेछन् । अनलाइन अप्वाइन्टमेन्टहरु लिन वा अनलाइनबाट ट्याक्स फाइल गर्न यहाँ क्लीक गर्नुहोला । 

गेट योर रिफण्डबाट सजिलै ट्याक्स फाइल गर्न यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तरक्रियात्मक नक्सा प्रयोग गरेर आफ्नो नजिकैको सबैभन्दा सुविधाजनक निःशुल्क कर फाइल साइट खोज्न पनि सक्छन्।

 

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com