के हो उबर चालक लगायतले लिनसक्ने ३६,२२० डलर ट्याक्स क्रेडिट ?


प्रकाशित मिति : फाल्गुन १०, २०८० बिहीबार

उबर चालक लगायत स्वरोजगारहरुले लिनसक्ने सेल्फ इम्प्लोयड ट्याक्स क्रेडिटबारे व्यापक प्रचारप्रसार भइरहेको छ । यो क्रेडिटको बारेमा कसैले ३२,२२० डलरसम्म र कसैले ३६,२२० डलरसम्म क्रेडिट लिनका लागि प्रचार गरेको पाइएतापनि यसबारे केही सावधानी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । किनभने यो क्रेडिट सबै उबर चालक लगायतका स्वरोजगारहरुले लिन मिल्दैन ।

यो सबैले पाउने रकम नभएको र सबैलाई सम्पूर्ण रकम पनि प्राप्त नहुने भएकाले यसबारे केही सावधानी अपनाउन सीपीए विराज रिजालले सुझाव दिनुभएको छ । उनीहरुले सन् २०२० र २०२१ मा उपलब्ध गराइएको सम्पूर्ण दिनहरूको गणना गरेर त्यसलाई दैनिक उपलब्ध गराइने अधिकतम रकमले गणना गर्दामात्र अधिकतम क्रेडिट ३६ हजार २ सय २० डलर हुन आउने उहाँले जानकारी दिनुभयो ।

उदाहरणका लागि १० दिन बिरामी बिदा र ५० तथा ६० दिनको हेरचाहका लागि उपलब्ध गराइएका दिनहरुलाई हिसाब गरि अधिकतम क्रेडिट लिन सकिने प्रचार गरिएको छ । जसमा सन् २०२० मा आफू १० दिन बिरामी हुँदा हरेक दिनको ५११ डलरको दरले ५११० डलर, २०२० मा परिवारका सदस्य १० दिन बिरामी हुँदा हरेक दिनको २ सयका दरले २ हजार डलर, २०२० मा १८ बर्ष मुनिका बालबच्चाको रेखदेख गर्दा ५० दिनको २०० डलरका दरले १० हजार डलर, २०२१ मा आफू १० दिन बिरामी हुँदा हरेक दिनको ५११ डलरको दरले ५११० डलर, २०२१ मा परिवारका सदस्य १० दिन बिरामी हुँदा हरेक दिनको २ सयका दरले २ हजार डलर, २०२१ मा १८ बर्ष मुनिका बालबच्चाको रेखदेख गर्दा ६० दिनको २०० डलरका दरले १२ हजार डलर गरी कुल ३६ हजार २२० डलर निकालिएको हो ।

सीपीए विराज रिजाल

यो हिसाबमा उल्लेख भएका सबै अवस्थाहरु हरेक ब्यक्ति वा परिवारलाई लागु नहुने र व्यवहारिकतामा पनि यस्तो विरलै हुने भएकाले प्रचार गरिएजस्तो ३६ हजार २२० डलर क्रेडिट सबैले पूर्ण रुपमा नपाउने न्युयोर्कका सीपीए विराज रिजालको भनाई छ । यो समयमा प्राय सबैले बेरोजगारी विमाबाट पनि रकम लिएको अवस्था भएकाले तथा कोभिड १९ का हरेक कानूनमा एकै समयमा दुईवटा सुविधा लिन नमिल्ने स्पष्ट लेखिएकाले सावधानी अपनाउन उहाँले सुझाव दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले भन्नुभयो – ‘बेरोजगार विमा काम नभएको अवस्थाको सुविधा हो भने बिरामी विदा भनेको कामभएको अवस्थामा छुट्टी माग गरेको अवस्था हो । यी दुई अवस्थाका बारेमा आफू पूरा जानकार हुनुहोला ।’

‘अर्को कुरा स्वरोजगारहरुले पीपीपी पनि लिएको अवस्था छ । यो ऋण भएपनि पछि प्रायले मिनाहा पाएको अवस्था छ । र पीपीपी पनि कोभिड महामारीको समयमा गुम्न गएको स्वरोजगार आम्दानीको लागि दिइएको हो । माथि १ देखी ६ सम्मका क्रेडिट पनि स्वरोजगार आम्दानीको आधारमा दिने भनिएको हो । त्यसैले कोहीकोहीले एकै समयमा दोहोरो मात्र होइन, तेहेरो फाइदा लिन खोज्दा वा सबै दिनहरु राम्रोसँग नहेरी हचुवाको भरमा क्रेडिट माग गरेको खण्डमा समस्यामा पर्ने सम्भावना रहन्छ,’  रिजालले सुझाव दिनुभयो ।

यो क्रेडिट लिनु अगाडि आफू बिरामी भएको समयको रेकर्ड हेर्न, कोभिड १९ को खोप लगाएको रेकर्ड हेर्न, डाक्टर र अस्पतालको अप्वाइन्टमेन्टको रेकर्ड हेर्न, परिवारका सदस्यहरुको रेकर्ड हेर्न, बेरोजगार विमा लिएको समयको लेखा राख्न उहाँले सुझाव दिनुभएको छ । सरकारले समस्यामा परेका र यस्ता सुविधा प्राप्त गर्न मिल्नेका लागि मात्र यस्तो सहयोगको व्यवस्था गरेकाले एकै पटक लिन नमिल्ने खालका दुई वा बढी सरकारी सुविधा नलिन उहाँले सुझाव दिनुभयो ।

यो क्रेडिट लिनेहरुले अप्रिल १, २०२० देखि मार्च ३१, २०२१ सम्म र अप्रिल १, २०२१ देखि सेप्टेम्बर ३०, २०२१ सम्म बिरामी भएको वा परिवारका सदस्यको रेखदेख गरेको रेकर्ड राख्नुपर्ने उहाँको भनाई छ । यी सुविधा वा क्रेडिट लिन मिल्ने वा नमिल्नेबारे आधिकारिक फाइल गरिदिने व्यक्तिसँग स्पष्ट सल्लाह लिन सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com