सीमामा एसाइलममा प्रतिबन्ध लगाउन ट्रम्प शैलीकै नयाँ कदमको तयारीमा बाइडेन
प्रकाशित मिति : फाल्गुन ९, २०८० बुधबार
Members of the Mexican Government’s Beta Group help a migrant girls who swam back to Mexico with her mother after reaching the US bank of the Rio Bravo river (Rio Grande in the US) and being stopped by members of the US National Guard reinforcing a barbed-wire fence along border river, in Matamoros, state of Tamaulipas, Mexico, on May 10, 2023. A surge of migrants is expected at the US-Mexico border cities as President Biden administration is officially ending its use of Title 42. On May 11, President Joe Biden’s administration will lift Title 42, the strict protocol implemented by previous president Donald Trump to deny entry to migrants and expel asylum seekers based on the Covid pandemic emergency. (Photo by Alfredo ESTRELLA / AFP)
गैरकानूनी रूपमा पार गर्ने आप्रवासीहरुलाई अमेरिका मेक्सिको सीमामा एसाइलम खोज्नमा प्रतिबन्ध लगाउन ह्वाइट हाउसले कार्यकारी आदेशबारे विचार गरिरहेको छ । डोनाल्ड ट्रम्प युगको विवादास्पद कार्यको सम्झना दिलाउने सम्भावित कार्यकारी आदेशलाई चुनाव अगाडि सीमा सुरक्षा आक्रामक देखाउन ह्वाइट हाउसको प्रयासको अर्को संकेतका रुपमा हेरिएको छ ।
विचाराधीन कार्यकारी आदेशबारे कुनै अन्तिम निर्णय गरिएको छैन । गैरकानूनी सीमा पारगर्ने क्रम रोक्ने प्रयास गर्न प्रवेश पोर्टहरू बीच २१२ एफ भनेर चिनिने अधिकार प्रयोग गर्ने विषय यसमा समावेश छ। बाइडेन प्रशासनले सम्भावित कदमको मूल्याङ्कन गर्ने तर तिनीहरू सधैं अगाडि नबढ्ने अधिकारीहरुले बताएका छन् ।
घोषणा कसरी कार्यान्वयन हुनेछ भन्नेबारे पनि स्पष्ट छैन । साथै यो नियम ट्रम्प प्रशासनको समयमा लागू गरिएको भन्दा के फरक हुनेछ भन्नेबारे पनि प्रष्ट छैन । बाइडेन प्रशासन भित्रका वकिलहरूले यसको अझै समीक्षा गरिरहेका छन् ।

बाइडेनले यस महिनाको सुरुमा प्रस्तावित सीमा कानूनमा हस्ताक्षर भएको खण्डमा अमेरिका मेक्सिको सीमा बन्द गर्ने बताएका थिए । यो प्याकेजमा समावेश सबैभन्दा कडा उपायहरू मध्ये एक हो ।
ट्रम्पले राष्ट्रपति रहँदा गैरकानूनी रूपमा सीमा पार गर्ने शरणार्थीहरूको लागि अमेरिकी दक्षिणी सीमा बन्द गर्ने प्रयास गरेका थिए । तर त्यसको कार्यान्वयनमा अदालतले रोक लगाएको थियो ।
२०१८ मा ट्रम्पले २१२ एफ प्रयोग गर्ने प्रयास गरेका थिए । जसले राष्ट्रपतिलाई सीमा पार गर्न प्रतिबन्ध लगाउन अध्यागमन प्रतिबन्धहरू लागू गर्न व्यापक अधिकार दिन्छ। तर अन्ततः, संघीय पुनरावेदन अदालतले अधिकार एसाइमलका कानूनसँग बाझिएको र २१२ एफ को अधिकारले यसलाई ओभरराइड नगर्ने निर्णय गरेको थियो ।
अध्यागमन र राष्ट्रियता ऐनको धारा २१२ एफ ले राष्ट्रपतिलाई अमेरिकाको हितमा हानिकारक गैर नागरिकहरूको प्रवेश निलम्बन गर्न अनुमति दिन्छ। तर त्यसको मतलव सबैका लागि सिमा बन्द गर्नु नरहेको कानुनविदहरुको दावी छ ।






