न्युयोर्कको ट्रेनमा भेटियो ३० हजार डलर, के न्युयोर्कमा भेटिएको रकम आफूले राख्न पाइन्छ?


प्रकाशित मिति : फाल्गुन ६, २०८० आईतबार

100 us dollar bill

एक भुलक्कड यात्रुले न्युयोर्कको लङ आइल्याण्ड रेल रोडमा ट्रेनभित्र ३० हजार डलर नगदको झोला छोडेपछि उक्त रकम ती यात्रुलाई फिर्ता गराउन अधिकारीहरु सफल भएका छन् । सहायक कन्डक्टर क्रिस्टोफर नोसिटोले ट्रेनमा छुटेको झोलामा ठूलो रकम फेला पारेका थिए ।

त्यसपछि उक्त यो झोला एमटीए प्रहरीका अधिकारी क्रिस्टिन रिकरलाई बुझाइएको थियो । झोलामा आगामी अप्वाइन्टमेन्टहरु तय भएको डेटबुक पनि भेटिएको थियो । यसैक्रममा कारको इन्सपेक्सनको अप्वाइन्टमेन्ट फेला परेपछि अधिकारीले मेकानिकलाई सम्पर्क गरेका थिए । त्यसपछि ती व्यक्तिलाई फेला पार्न अधिकारीहरु सफल भए । हराएको रकम त्यसका मालिकलाई फिर्ता गराउन अधिकारीहरुले गरेको प्रयासको प्रशंसा भइरहेको छ ।

यदि तपाईंले न्यूयोर्क राज्यमा हराएको नगद फेला पार्नुभयो भने के तपाईं आफूसँग राख्न सक्नुहुन्छ ? यदि तपाईंले पैसाको झोला फेला पार्नुभयो भने के तपाईंले प्रहरीलाई बुझाउनुको सट्टा आफैसँग राख्ने निर्णय गर्न सक्नुहुन्छ ? यसबारे कतिपयलाई जिज्ञासा हुनसक्छ । तर न्युयोर्कको कानून तपाईले नगद फेला पार्नुभयो भने तपाईले के गर्नु पर्छ भन्ने बारे धेरै स्पष्ट छ। न्युयोर्कको कानून अनुशार २० डलरभन्दा धेरै रकम भेटिएको खण्डमा आफूसँग राख्नु गैरकानूनी हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कानूनमा प्रष्ट भनिएको छ – ‘बीस डलर वा सोभन्दा बढी मूल्यको हराएको सम्पत्ति फेला पार्ने व्यक्तिले दश दिनभित्र त्यसको मालिकलाई फिर्ता गर्ने वा त्यस्तो फेला परेको जानकारी दिने र त्यस्तो सम्पत्ति फेला परेको सिटीको प्रहरीलाई बुझाउने गर्नुपर्छ । सार्वजनिक भवन ऐनको दफा २ मा उल्लेख भए बमोजिम सार्वजनिक भवन वा जग्गामा भेटिएको रकम उक्त भवनको सुरक्षालाई पनि जिम्मा लगाउन सकिनेछ ।’

यदि मालिक चिनिएको छैन भने यसलाई फेला पारेको १० दिन भित्र प्रहरीमा बुझाउनुपर्छ। यदि तपाईंले शहर बाहिर कुनै पनि हराएको वस्तुहरू फेला पार्नुभयो भने तपाईंले यसलाई राज्य प्रहरी वा राज्य पार्क प्रहरीलाई बुझाउन सक्नुहुन्छ। तपाईंले लस्ट एण्ड फाउण्ड अफिस वा सुरक्षा कार्यालयमा पनि फर्काउन सक्नुहुन्छ । यदि तपाईंले हराएको वस्तु फिर्ता नगर्ने निर्णय गरेमा तपाईंलाई दुराचारको आरोप लाग्न सक्छ ।

प्रावधानहरूको पालना गर्न अस्वीकार गर्ने वा जानाजानी बेवास्ता गर्ने व्यक्तिलाई दुराचारको दोषी ठहराइने तथा त्यसको पुष्टि भएमा एक सय डलरभन्दा बढी जरिवाना वा छ महिनासम्म जेल सजाय वा दुबै सजाय हुनसक्ने प्रावधान छ । उचित च्यानलहरू मार्फत नगई भेटाएको पैसा आफैसँग राख्नाले तपाईंलाई न्युयोर्क राज्यमा धेरै समस्या पर्नसक्छ । प्रतिक्षा अवधि बितिसकेको छ र सही मालिक फेला परेको छैन भेट्टाउने व्यक्ति पनि उक्त रकमको हकदार हुन सक्छ ।

एकसय डलरसम्मका लागि प्रतिक्षा अवधि ३ महिना रहेको छ भने १ सयभन्दा माथि र ४९९ डलरसम्मका लागि ६ महिना रहेको छ । ५ सयदेखि ४ हजार ९ सय ९९ डलरसम्मका लागि प्रतिक्षा अवधि एकबषएको रहेको छ । ५ हजार डलरभन्दा माथिको हकमा प्रतिक्षा अवधि ३ बर्षको रहेको छ । यो प्रतिक्षा अवधिमा पनि रकम दावी गर्न कोही नआएमा यो रकम भेट्टाउने व्यक्तिलाई नै दिने प्रावधान छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com