क्यानडाको ओन्टारियोमा भएको दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु, शव नेपाल फर्काउने तयारी


प्रकाशित मिति : फाल्गुन २, २०८० बुधबार

क्यानडाको ओन्टारियो स्थीत लण्डन सहरमा मंगलबार भएको गाडी दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । क्यानडामा रहेको नेपाली दूतावासले ओन्टारियोमा भएको दुर्घटनामा २ जना नेपाली बिद्यार्थीहरूको दुःखद निधन भएको उल्लेख गर्दै गहिरो शोकसहित मृतकप्रति श्रद्धाञ्जली एवं दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ ।

दुर्घटनामा घाइते अन्य बिद्यार्थीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दूतावासले दुखद घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेको छ । नेपाली राजदूतावास, एनआरएनए क्यानडा, अन्य सामाजिक अभियन्ता, संघसंस्थाहरु तथा क्यानडाका सम्बन्धित निकायहरुको समन्वयमा छिट्टै शब नेपाल फर्काउने प्रयास भइहेको दूतावासले जनाएको छ ।

हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीन वटा कारहरू दुर्घटनामा पर्दा नेपाली विद्यार्थीहरुको निधन भएको हो । दुर्घटनामा पर्नेहरू उच्च शिक्षा अध्ययन गर्न पुगेका नेपालीहरू हुन् । दुर्घटनामा १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । तीमध्ये दुई जनाको अवस्था सिकिस्त रहेको जनाइएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुको युवती रहेको जनाइएको छ । उनीहरू लण्डनस्थित फेन्सअ अलेजमा अध्ययनरत थिए । स्थानीय एक मोटर पार्ट्स कम्पनीमा आंशिक समय कार्यरत उनीहरू बिहानीको ड्युटी गर्नका लागि उज्यालो नहुँदै कारमा कार्यस्थलतर्फ गइरहेका बेला दुर्घटना भएको जनाइएको छ । उनीहरु दुई वर्षअघि क्यानडा आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com