ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्शको साधारण सभा मार्च २४ मा, सदस्यता फेब्रुअरीसम्म


प्रकाशित मिति : फाल्गुन २, २०८० बुधबार

ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले पहिलो साधारणसभाको औपचारिक घोषणा गरेको छ । न्यूयोर्कको सन्नीसाइडस्थित बाजेको सेकुवा रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

तदर्थ समितिका अध्यक्ष प्रदीप श्रेष्ठले २०२४ मार्च २४ मा न्युयोर्कको ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा साधारणसभा बोलाउन लागिएको जानकारी दिए । श्रेष्ठले न्युयोर्क, न्युजर्सी र कनेक्टिकट क्षेत्रमा नेपाली व्यवसायी समुदायका लागि चेम्बर अफ कमर्शको महत्त्वलाई जोड दिँदै सदस्यहरूबीचको सहकार्य र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न चेम्बरको आवश्यकतामा जोड दिए। साधारणसभाले विधान पारित गरेपछि चुनाव सम्पन्न गरिने र नयाँ कार्यसमिति बन्ने उनले जानकारी दिए ।

साधारणसभामा भाग लिन चाहने व्यवसायीहरूले फेब्रुअरी २९, २०२४ सम्म सदस्यता लिइसक्नु पर्ने तदर्थ समिति सदस्य गोविन्द लामाले जानकारी दिए । उनले व्यक्तिगत सदस्यता शुल्क १५० डलर, साना व्यवसायका लागि सदस्यता शुल्क २५० डलर, कर्पोरेटका लागि सदस्यता शुल्क २ हजार डलर र आजिवन सदस्यका लागि शुल्क २५ सय डलर रहेको जानकारी दिए । व्यक्तिगत, साना व्यवसाय र कपोर्रेट सदस्यता १२ महिनाका लागि कायम रहने उनले जानकारी दिदै सबैलाई यसै महिनाभित्र सदस्यतालिन आव्हान गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तदर्थ समिति सदस्य अमित शाहले पाँचखम्बे मिशन र उद्देश्यबारे जानकारी दिए । नेपाल र अमेरिका बीच व्यापार र वाणिज्य प्रवर्द्धन तथा सहजीकरण गर्ने, नेपाली उद्यमी र व्यवसायहरूलाई सहकार्य गर्न प्लेटफर्म प्रदान गर्ने, नेपाली व्यवसायी समुदायको हित र आवश्यकताको वकालत गर्ने, व्यापार वृद्धि र सफलता बृद्धि गर्न स्रोत, जानकारी, र सहयोग प्रदान गर्ने, ज्ञान साझेदारी र सीप विकासलाई बढावा दिन नेटवर्किङ कार्यक्रमहरू, सेमिनारहरू र कार्यशालाहरू आयोजना गर्ने उनले जानकारी दिए । सदस्यहरुले नेटवर्किङ, व्यवसाय एड्भोकेसी, व्यवसाय प्रवर्द्धन, सहयोग र शैक्षिक अवसरहरूमा पहुच प्राप्त गर्ने उनले बताए ।

निर्वाचन प्रक्रियालाई सम्बोधन गर्दै न्युयोर्कमा रहेका चर्चित नेपाली अमेरिकन वकिल निर्वाचन आयुक्त वासु फुलाराले निष्पक्ष निर्वाचन हुने र विभिन्न कानुनी समस्याको समाधान गर्ने बताए । न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सको सदस्यताका लागि योग्य हुन न्यूयोर्क, न्यू जर्सी वा कनेक्टिकटमा दर्ता भएको र सक्रिय रूपमा सञ्चालन भएको व्यवसाय हुनुपर्छ भने व्यवसायी पनि नेपाली भाषी समुदायको हुनुपर्छ।

तदर्थ समितिमा अध्यक्ष प्रदीप श्रेष्ठको नेतृत्वमा समितिमा छेपक गुरुङ, माम्पी घोष, गोविन्द लामा, अन्जन श्रेष्ठ, मनिता गुरुङ, अमित शाह, दीपक श्रेष्ठ, सोमो दसेल, लेलिन कँडेल र नेविन क्षेत्री सदस्य रहेका छन् । खगेन्द्र जिसी, पासाङ नुरु शेर्पा, नविन शेरचन, डा. विनोद शाह र नवराज केसी जस्ता नेपाली व्यवसायी समुदायका उल्लेखनीय व्यक्तित्वहरू सम्मिलित एक सल्लाहकार समिति पनि गठन गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com