युएससीआईएसबाट गतबर्ष १० मिलियन अध्यागमन आवेदनबारे निर्णय, दशकमा पहिलो पटक ब्याकलग कम


प्रकाशित मिति : माघ २७, २०८० शनिबार

अमेरिकाको अध्यागमन एजेन्सी युएससीआईएसले आर्थिक वर्ष २०२३ मा अभूतपूर्व रुपमा १० मिलियन अध्यागमन केसहरूबारे निर्णय गर्दै एक दशकमा पहिलो पटक ब्याकलग घटाउन सफल भएको छ । युएससीआईएसको नयाँ तथ्यांकले ग्राहक अनुभव, रोजगारीमा आधारित अध्यागमन, नागरिकता र मानवीय कार्यमा प्रगति देखाएको छ ।

आर्थिक बर्ष २०२३ मा युएससीआईएसले १० दशमलव ९ मिलियन फाइलिङहरू प्राप्त गरेकोमा १० मिलियन भन्दा बढी पेन्डिङ केसहरू पूरा गरेको छ । एकैबर्षमा यो संख्यामा प्राप्त हुनु र एकैबर्षमा यो संख्यामा पेन्डिङ केसहरू पूरा गर्नु एजेन्सीको इतिहासमा रेकर्ड ब्रेक हो । यसो गर्दा युएससीआईएसले समग्र ब्याकलग १५ प्रतिशतले घटाएको छ। आर्थिक बर्ष २०२३ मा युएससीआईएसले अमेरिकी नागरिकता लिने ८ लाख ७८ हजार ५ सयलाई सपथग्रहण गराएको छ । जसमा सेनाका १२ हजार सदस्यहरू समावेश छन् ।

अमेरिकी नागरिकता आवेदनको ब्याकलग प्रभावकारी रुपमा घटेको छ । अमेरिकी नागरिकताबारे निर्णय गर्ने अवधिमा एजेन्सीले लामो समयदेखिको लक्ष्य हासिल गरेको । अमेरिकी नागरिकता आवेदन दिने अधिकांश व्यक्तिहरूको प्रतीक्षा समयलाई उल्लेखनीय रूपमा घटाएको छ । आर्थिक वर्षको अन्त्यसम्ममा नागरिकताका आवेदकहरूको लागि औसत प्रकृया समय साढे १० महिनाबाट घटेर ६ महिनामा झरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएससीआईएसले अमेरिकी अध्यागमन प्रणाली प्रयोग गर्नेहरुको ग्राहक अनुभवलाई अर्थपूर्ण रूपमा सुधार गर्न धेरै नयाँ प्रविधि लागू गरेको छ। बायोमेट्रिक्स अपोइन्टमेन्टहरूको नयाँ मिति तय गर्नका लागि याँ सेल्फ सर्भिस उपकरण प्रयोग गरेर आर्थिक बर्ष २०२३ मा ३३ हजार भन्दा बढी त्यस्ता अपोइन्टमेन्टहरूको नयाँ मिति तय गरिएको छ । ठेगाना परिवर्तनमा युएससीआईएसको क्षमताबृद्धि गर्ने नयाँ प्राविधिक सन् २०२३ को डिसेम्बरसम्म अनलाइनबाट ४ लाख ३० हजार ठेगाना परिवर्तनका आवेदन आएका छन् ।

नयाँ प्रविधिले युएससीआईएसको सम्पर्क केन्द्रमा फोनबाट हुने सोधपुछ ३१ प्रतिशतसम्म अर्थात् १५ लाख सोधपुछ वार्षिक रूपमा घटाउने लक्ष्य दिएको छ । अगस्त देखि सेप्टेम्बर २०२३ सम्म सेवाग्राहीले अनलाइन अनुरोध फारम प्रयोग गरेर १६ हजार भन्दा बढी फिल्ड अफिस अपोइन्टमेन्ट अनुरोधहरू पेश गरेका छन् । त्यस्तै नयाँ प्रविधिका कारण ग्राहक सेवाको नम्बरमा फोन गर्नेहरूका लागि नीहरूलाई थप अनुमानित कल ब्याक विन्डो दिने र मिस कलहरू कम गर्ने गरेको युएससीआईएसले जनाएको छ ।

आर्थिक बर्ष २०२३ मा युएससीआईएस र अमेरिकी विदेश मन्त्रालयले १ लाख ९२ हजार रोजगारीमा आधारित आप्रवासी भिसा अर्थात् ग्रिनकार्डहरू जारी गरेर अमेरिकी रोजगारदाताहरूको आवश्यकताहरू पूरा गर्न मद्दत गरेको छ । यो संख्या महामारी अगाडिको भन्दा पनि धेरै माथि हो । उपलब्ध भिसाहरु खेर जान नदिन युएससीआईएसले अधिकतम भिसाहरु जारी गरेको थियो ।

एजेन्सीले आर्थिक बर्ष २०२३ मा अमेरिकी रोजगारदाता र गैर नागरिक कामदारहरूको वर्क परमिटको अधिकतम वैधता अवधि पाँच वर्ष बनायो । युएससीआईएसले गैरआप्रवासी भिसा परिवर्तन वा थपका लागि आवेदकहरूका लागि बायोमेट्रिक शुल्क र अपोइन्टमेन्ट आवश्यकताहरू पनि हटायो । त्यस्तै बाबुआमासँगै ग्रिनकार्ड पाउने छोराछोरीहरुलाई एजआउट हुन नदिन बाल स्थिति संरक्षण ऐनको व्याख्यालाई अद्यावधिक गर्‍यो ।

युएससीआईएसले आर्थिक बर्ष २०२३ मा १ लाख शरणार्थी आवेदकहरूको अन्तर्वार्ता लियो । यो अघिल्लो आर्थिक वर्षमा पूरा भएको संख्याको दोब्बर भन्दा बढी हो । जसको परिणाम स्वरूप ६० हजार भन्दा बढी शरणार्थीहरूको प्रवेश र पुनर्वास भयो। त्यस्तै आर्थिक बर्ष २०२३ को अन्त्य सम्म ५२ हजारभन्दा बढी एसाइलम आवेदनहरु पूरा गर्न सफल भयो । त्यस्तै युएससीआईएसले विनभिसा अमेरिका प्रवेश गर्ने १ लाख ४६ हजारको क्रेडिबल फियर र रिजनेवल क्रेडिबल फियर स्क्रीनिंग पनि पूरा गर्‍यो।

आर्थिक बर्ष २०२४ मा एजेन्सीले आवेदनबारे निर्णयमा ढिलाइहरूको अनुगमन र सम्बोधन गर्दै थप प्रगतिको लक्ष्य लिएको छ । सीबीपी वान मोबाइल एप्लिकेसन मार्फत अपोइन्टमेन्ट तय गरेर विनाभिसा अमेरिका प्रवेश गरेका व्यक्तिहरूद्वारा दायर गरिएका वर्क परमिट आवेदनहरूको निर्णय ३० दिनभित्र दिने लक्ष्य राखेको छ । एजेन्सीले विशेष पेशाकर्मीहरूको लागि कामदार भिसा एचवान बी कार्यक्रमको दक्षता र अखण्डतालाई आधुनिकीकरण र सुधार गर्न नयाँ नियमहरू पनि प्रस्ताव गरेको छ। अमेरिकी नागरिकता आवेदनको प्रशोधन समय ६ महिना कायम राख्न र उपलब्ध सबै रोजगारमा आधारित भिसाहरू प्रयोग गर्न काम गर्ने युएससीआईएसले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com