नेवाः गुठी न्युयोर्कको ढुवानी सहयोगमा नेपाल पठाइएका ४ मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण


प्रकाशित मिति : माघ १७, २०८० बुधबार

नेपालबाट चोरिएर अमेरिका ल्याइएका र हालै फिर्ता गरिएका पुरातात्विक सामग्रीहरु

नेपाली महावणिज्यदूतावास न्युयोर्कको पहलमा फिर्ता गरिएका तथा नेवाः गुठी न्युयोर्कको सहयोगमा नेपाल पठाइएका चारवटा नेपाली मूर्तिहरु बुधबार पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ । नेपालबाट विभिन्न समयमा चोरिएर अमेरिका ल्याइएका चारवटा नेपाली मूर्तिहरुमा दुईवटा दोलखाबाट झण्डै तीसबर्ष अगाडि चोरी भएका दुई भैरव मूर्ति, पाटन च्यासलबाट चोरी भएको उमामहेश्वरको मूर्ति र भक्तपुर हनुमानघाटबाट चोरी भएको दुर्गाको मूर्ति हुन् । कतिपयले यी मूर्तिहरुलाई बोधिसत्त्व मञ्जुश्रीको उग्ररूप, बोधिसत्त्व ताराको उग्ररुप उग्रचण्डी वा प्रतिशराको मूर्ति भएको पनि बताउँदै आएका छन् ।

यी कलाकृतिहरू जनवरी २२ र २८ काठमाडौंमा प्राप्त गरिएकोमा बुधबार पुरातत्व विभागलाई हस्तान्तरण गरिएको हो । मूर्तिहरु नेपाल लैजानका लागि नेवागुठी न्यूयोर्कका अधिकारीसमेत काठमाडौं पुगेका थिए । बहुमूल्य पुरातात्विक वस्तुहरू बरामद भएपछि महावाणिज्य दूतावासले सामुदायिक संस्था र सरोकारवालाहरूलाई यी मूर्तिहरु नेपाल फिर्ता पठाउने पहलमा सहभागी हुन आव्हान गरेकोमा नेवा गुठी न्यूयोर्कले ढुवानी र बीमा खर्च स्पोन्सर गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी सम्पदाहरु १६औं र १७औँ शताब्दीका भएको जनाइएको छ । डिसेम्बरको पहिलो साता न्युयोर्कको म्याहटन डिस्ट्रिक्ट एटोर्नीको कार्यालयले न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासलाई यी मूर्तिहरु हस्तान्तरण गरेको थियो । महावाणिज्य दूतावासले म्यानहटन डिस्ट्रिक्ट एटोर्नी अफिसलाई यी पुरातात्विक वस्तुहरू फिर्ता गर्न सहयोगको लागि अनुरोध गरेको थियो। कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले यी मूर्तिहरू म्याहटन डिस्ट्रिक्ट एटोर्नी एल्भिन ब्राग, जुनियर, डिस्ट्रिक्ट एटोर्नी अफिस र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्सका अधिकारीहरूबाट प्राप्त गरेका थिए ।

नेपाली महावाणिज्य दूतावासले दुवै देशका सम्बन्धित सरकारी निकाय र संस्थासँगको सहकार्यमा नेपालबाट चोरी भएका र हराएका पुरातात्वीक वस्तुको पुनःप्राप्ति र नेपालका पुरातात्विक सम्पदामा उनीहरूको उचित स्थानमा पुनः स्थापित गर्न सक्रिय रूपमा सक्रियता देखाएको छ । यी बाहेक महावाणिज्यदूतावास न्युयोर्कले हालसम्म १० औं शताब्दीदेखि १७औँ शताब्दीका अन्य १६ वटा पुरातात्विक वस्तुहरू नेपाल फर्काउन सफल भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com