बोस्टनमा नेपाली महावाणिज्यदूतावास न्युयोर्कबाट आगामी शनिबार र आइतबार कन्सुलर सेवा


प्रकाशित मिति : माघ १३, २०८० शनिबार

न्युयोर्कमा रहेको नेपाली महावणिज्यदूतावास

नेपाली महावाणिज्यदूतावास न्युयोर्कले आगामी शनिबार र आइतबार बोस्टनमा कन्सुलर सेवा घुम्ती शिविर संचालन गर्ने भएको छ । फेब्रुअरी ३ र ४ मा विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कन्सुलर सेवा सञ्चालन हुने नेपाली महावाणिज्यदूतावास न्युयोर्कले जनाएको छ ।

गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद, म्यासाचुसेट्स च्याप्टर र न्यू ह्याम्पशायर च्याप्टरसमेतको सहकार्यमा सो क्षेत्र र आसपासका राज्बमा सोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी कन्सुलर सेवा शिविरमार्फत विभिन्न किसिमका कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय गरिएको छ । कन्सुलर सेवा शिविरबाट पासपोर्ट नविकरण आवेदन, अधिकृत वारेशनामा प्रमाणिकरण, पर्यटक भिसा जारी, गैर आवासीय नेपाली परिचय पत्रको आवेदन संकलन लगायतका सेवाहरु प्रदान गरिनेछ ।

३१ जनवरी २०२५ अगाडि नै म्याद समाप्त हुने पासपोर्टका सन्दर्भमा मात्र नविकरणको आवेदन लिइनेछ भने हराएको पासपोर्टको हकमा जुनसुकै म्यादको पनि आवेदन दिन सकिनेछ । गैर आवासीय नेपाली परिचय पत्रका सन्दर्भमा कार्ड तयार भएपछि हुलाकमार्फत सेवाग्राहीको ठेगानामा पठाइनेछ । पासपोर्ट नविकरणका लागि अनलाइनमार्फत अप्वाइन्टमेन्ट लिनुपर्ने जनाइएको छ । बोस्टन कन्सुलर सेवा शिविरका लागि लिएको अप्वाइन्टमेन्ट मिति छनौट र सम्पूर्ण विवरण भरिसकेपछि अन्त्यमा बारकोड सहितको पीडीएफ फाराम डाउनलोड गर्नुपर्ने र डाउनलोड गरिएको फारामको दाँयापट्टि छेउमा र पुछारमा बारकोड देखिने गरी प्रिन्ट भएको हुनुपर्ने महावाणिज्यदूतावासले जनाएको छ ।

उक्त बारकोडसहितको फारामको पीडीएफ, पासपोर्ट र नागरिकताको फोटोकपी स्क्यान गरी जनवरी ३० अगावै प्रमाणिकरणकाका लागि महावाणिज्यदूतावासको इमेल मा पठाउन सुझाव दिइएको छ । फारम प्रमाणिकरण नगरी निवेदकले भरेको बायोमेट्रिक लिन नसकिने भएकोले फाराम प्रमाणिकरणका लागि अनिवार्य रुपमा जनवरी ३०, २०२४ भित्र महावाणिज्यदूतावासको इमेल [email protected]  मा पठाउन तथा डाउनलोड गरिएको फारामको प्रिन्टप्रति तथा आवश्यक कागजातसहित तोकिएको स्थान र समयमा आवेदक स्वयम् उपस्थित हुन सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पासपोर्ट नविकरण वा आवेदनका लागि शिविरमा आउँदा सक्कल नागरिकता र सोको प्रतिलिपि, नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमाको नागरिकता र विवाहदर्ताको प्रतिलिपिहरु, नवीकरणका लागि सक्कल पासपोर्ट र सोको प्रतिलिपि र हराएको खण्डमा पुरानो पासपोर्टको प्रतिलिपि, रीतपूर्वक अनलाईन फाराम भरी सोको बारकोड सहितको प्रिन्टआउट प्रति र शुल्क सहित आउनुपर्नेछ । शुल्क तिर्दा नेपाली महावाणिज्यदूतावासको नाममा जारी भएको मनी अर्डर वा बैंक क्यासियर चेक ल्याउनुपर्नेछ ।

नेपाली पासपोर्ट

नियमित पासपोर्टका लागि अमेरिकी डलर १५०, हराएको वा क्षति भएको भए अमेरिकी डलर ३००, नाबालकको हकमा नियमति तर्फ ७५ डलर, हराएको वा क्षति भएको हकमा १५० डलर शुल्क ल्याउनुपर्नेछ । सेवाग्राहीले पासपोर्ट आवेदन गर्दाकै समयमा पहिले नै शुल्क तिरिसकेको आफ्नो ठेगानासहितको फिर्तीखाम घुम्ती शिविरमा आउने नियोगका कर्मचारीलाई दिनुपर्नेछ । त्यही खामको प्रयोग गरेर कागजात तयार भएपछि तपाईको ठेगानामा पठाइनेछ ।

अधिकृत वारेशनामाका सन्दर्भमा सहिछापको लागि महावाणिज्यदूत समक्ष अधिकृत वारेसनामा दिने व्यक्ति स्वयम् उपस्थित हुनुपर्दछ। मुलकी देवानी कार्यबिधि (संहिता) ऐन, २०७४ मा उल्लेख भएको प्रावधान समेटिएको र नेपाली अधिबक्ताद्वारा तयार गरिएको अधिकृत वारेसनामा नेपाली कागजमा प्रिन्ट भएको हुनुपर्दछ । मुद्धा मामिला परिसकेको भए तारेख पत्रको कपि र मुद्धा/मामिला दायर गर्नुपर्ने भए स्पष्ट बिबरण लिखितममा खुलाएको हुनुपर्दछ।

अधिकृत वारेसनामा २ प्रति सक्कल र नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कलाई सम्बोधन गरिएको १ प्रति निवेदन हुनुपर्नेछ।अधिकृत वारेशनामाको लिखितममा समेत नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कका महावाणिज्यदूत समक्ष उपस्थित भई हस्ताक्षर गरेको व्यहोरा उल्लेख हुनुपर्दछ। अधिकृत वारेसनामा दिने व्यक्तिको सक्कल नागरिकता प्रमाणपत्र तथा त्यसको प्रतिलिपि र अधिकृत वारेसनामा लिने व्यक्तिको नागरिकता प्रमाणपत्रको छाँयाप्रति नेपालमा नोटरी पव्लिकबाट प्रमाणित गरिएको हुनुपर्दछ।

घरजग्गा बिक्री हकहस्तान्तरणको बिषय भए घरजग्गाको चालु आ.व. को मालपोत तिरेको सक्कल रसिद वा त्यसको नोटरी पव्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्दछ। अधिकृत वारेसनामा दिने व्यक्तिको नेपाली राहदानी र नागरिकताको कपी सक्कल र फोटोकपी संलग्न गर्नुपर्दछ। वारेशनामामा साक्षी राखिएका ब्यक्तिहरुको नोटरी पब्लिकबाट प्रमाणित गरिएका नागरिकताका प्रतिलिपीहरु पेश गर्नुपर्छ । घररजग्गा खरीदविक्रि वा हक हस्तान्तरण सम्बन्धी भए घररजग्गाधनी प्रमाणपत्रको सक्कल वा नोटरी पव्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्नेछ।

सवारी साधन सम्बन्धी भए सवारी धनिपूर्जा सक्कल वा नोटरी पब्लिक द्वारा प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्दछ। शेयर धितोपत्र सम्बन्धी भएमा शेयरधनि प्रमाण पत्र सक्कल वा नोटरी पब्लिकद्वारा प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्दछ। सम्बन्ध विच्छेद सम्बन्धी भएमा विवाहदर्ताको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्दछ । पति/पत्नी दुबैको सहमतीमा सम्बन्ध विच्छेदका लागि वारेशनामा पठाउँदा दुवैको नागरिकता वा राहदानीको प्रतिलिपि संलग्न गर्नुपर्दछ र दुवैजना घुम्ती शिविरमा उपस्थित भई सहिछाप गर्नुपर्नेछ।

अधिकृत वारेसनामामा दिने र लिनेको तीन पुस्ते विवरण उल्लेख भएको हुनुपदर्छ। अधिकृत वारेसनमा दिनेको हालसालै खिचिएको २/२ प्रति रङ्गिन फोटो साथमा र लिनेको वारेसनामा कागजातमा टाँस र हस्ताक्षर भई आउनुपर्नेछ । “किनारा साक्षीका सदर” भनी उल्लेख भएमा साक्षीको नाम, ठेगाना तथा हस्ताक्षर, यदि “रोहवरका साक्षीका सदर” भनी उल्लेख भएमा स्थानीय साक्षीहरु शिविरमा उपस्थित हुनुपर्दछ । अधिकृत वारेसनामा प्रमाणीकरण शुल्क अमेरिकी डलर २०० तोकिएको छ।नेपाली महावाणिज्यदूतावासको नाममा जारी भएको मनी अर्डर वा बैंक क्यासियर चेक ल्याउनुपर्नेछ । नगद वा क्रेडिट/डेविट कार्डमार्फत भुक्तानी सुविधा छैन ।

अमेरिकी नागरिक भइसकेको अर्थात अमेरिकी नागरिकता वा राहदानी लिएका नेपाली मूलका अमेरिकी नागरिकले साविकमा गैरआवासीय नेपाली परिचयपत्रको आधारमा यदाकदा यो सुविधा लिएको भएपनि मुलुकी देवानी कार्यविधि संहिता ऐन २०७४ को दफा १५३ (३) बमोजिम विदेशस्थित नेपाली नियोगवाट प्रमाणीकरण गर्न नमिल्ने जानकारी आएकोले त्यस किसिमको प्रमाणीकरण कार्य वन्द गरिएको महावाणिज्यदूतावासले जनाएको छ । सम्बन्धित कागजातहरु मिति जनवरी ३०, २०२४ अगावै नियोगको इमेल [email protected]  मा जाँचबुझका लागि पठाउनुपर्ने र इमेलबाट कागजातहरु मिले नमिलेको जवाफ दिइने र प्रकिया मिलेको अधिकृत वारेशनामा शिविरबाट प्रमाणित गरिने जनाइएको छ ।

गैर आवासीय नेपाली परिचय पत्र लिन चाहनेहरुले सेवाग्राहीले रीतपूर्वक भरेको आवेदन फारामको प्रिन्ट कपी, नेपाली मूलका विदेशी नागरिकले प्राप्त गरेको अमेरिकी नागरिकताको कपी, नेपाली मूलका विदेशी नागरिकको अमेरिकी पासपोर्टको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी वा नागरिकता परित्याग गरेको भए सोको प्रतिलिपी, नाबालक तथा नेपाली नागरिकता नबनेका नेपाली मूलका विदेशी नागरिकहरुको सन्दर्भमा बाबु र आमा वा हजुरबुबा र हजुरआमाको नेपाली नागरिकताको प्रमाणपत्र , जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी र बाबु आमाको विवाह दर्ताको प्रतिलिपी पेश गर्नुपर्नेछ । त्यस्तै साबिकको नेपाली राहदानीको प्रतिलिपी, हाल बसोबास गरेको मुलुकमा ब्यापार/व्यवसाय, वा पेसा/रोजगारीमा संलग्न रहेको भए सोको प्रमाण, २ प्रति पासपोर्ट साइजको फोटो र नेपाली महावाणिज्यदुतावासको नाममा जारी भएको मनी अर्डर वा क्यासियर चेक ल्याउनुपर्नेछ ।

पर्यटक भिसाका लागि आवेदन दिंदा कम्तीमा ६ महिना म्याद भएको पासपोर्ट, भरेको भिसा आवेदन फर्म, एउटा पासपोर्ट साइजको फोटो, अनलाइन भिसा आवेदन दिएको भएमा त्यसको प्रिन्टआउट, कोरोना भ्याक्सिनको पूर्ण डोज लगाएको प्रमाण पेश गर्नुपर्ने महावाणिज्यदूतावासले जनाएको छ । भिसाका लागि १५ दिनको ३० डलर, ३० दिनको ५० डलर र ९० दिनको १२५ डलर शुल्क तिर्नुपर्नेछ ।

घुम्ती शिविरबारे थप जानकारी आवश्यक भएमा उपवाणिज्यदूत संगीता न्यौपाने (646 724 9704), सेक्रेटरी नवराज(929-257-4997), एनआरएनए मासाचुसेट्स च्याप्टर अध्यक्ष प्रचण्ड श्रेष्ठ(6174158748) , उपाध्यक्ष प्रेम तामाङ (8579192412) र एनआरएनए न्यु ह्याम्पशायर च्याप्टर अध्यक्ष कमल ढुंगाना (6036618973 ) लाई सम्पर्क गर्न सकिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com