२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिका

न्युयोर्क सिटीमा यो बर्षको दोस्रो उल्लेख्य हिमपात, ३ इन्चसम्म हिउँ पर्ने अनुमान

७ सय दिनको हिउँ खडेरी तोडेको केही दिन पछि न्युयोर्क सिटीमा शुक्रबार हिमपात भइरहेको छ । तर अब ठूलो आँधीको पहिलो पूर्वानुमानको सट्टा झन्झटिलो केही इन्चको हिमपातको अपेक्षा गरिएको छ।

५ इन्च सम्मको हिमपातको पूर्वानुमान गरिएपनि यो अब २ वा ३ इन्च भन्दा बढी हुने सम्भावना नभएको मौसमविदहरुले बताएका छन् । यसलाई मानिसहरूको लागि एक उपद्रव प्रकारको हिमपात भनिएको छ ।

न्युयोर्क सिटीमा पहिलो हिउँका फोक्काहरु बिहान ७ बजेतिर झरेको देखा परेको थियो । त्यो बेला न्युयोर्क सिटी भरका टोलीहरू सडकहरू नुन छर्ने प्रयास गरिरहेका थिए।


तापक्रम घट्दै जाँदा नुनको क्षमता पनि घट्दै जान्छ । शनिबारको उच्च तापक्रम २० डिग्री फरेनहाइटको हाराहारीमा मात्र हुने अपेक्षा गरिएको छ र हावाको चिसोले तापक्रमलाई एकल अंकमा धकेल्न सक्छ।

कनेक्टिकटले पनि तापक्रम यस्तै हाराहारीमा हुने अपेक्षा गरिएको छ । तर हिमपात न्युयोर्क सिटीको भन्दा कम हुनसक्छ । त्यहाँ एक इन्च वा त्यो भन्दा कम हिमपातको अनुमान गरिएको छ । तर मध्य न्यू जर्सी र फिलाडेल्फिया क्षेत्रले सबैभन्दा खराब हिमपातको अनुभव गर्न सक्छ । त्यहाँ तीन देखि पाँच इन्च हिमपात अनुमान गरिएको छ ।

आँधी आउनुअघि फिलाडेल्फियामा हिउँ आपतकाल घोषणा गरिएको थियो र हिउँ आपतकालीन मार्गहरूमा रहेका सबै कारहरूलाई सार्न आदेश दिइएको थियो।

न्युयोर्कका मेयर एरिक आडम्सले शुक्रबार न्यु योर्कवासीहरूलाई चिप्ला सडकहरूको लागि तयारी गर्न चेतावनी दिएका थिए । वैकल्पिक साइड पार्किङ निलम्बित गरिएको छ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →