डिभीमा आएपछि मानसिक बिरामी र होमलेस भएका थिए न्युयोर्क जेलमा ज्यान गुमाएका मनिष कुँवर


प्रकाशित मिति : आश्विन २५, २०८० बिहीबार

न्युयोर्कको जेलमा रहस्यमय मृत्यु भएका २७ बर्षीय नेपाली युवा मनिष कुँवर मानसिक बिरामी र घरबारविहीन भएको खुलासा भएको छ । उनी अक्टोबर ५ बिहिबार विहान जेलमा मृत अवस्थामा भेटिएका थिए भने उनको मृत्यु भएको कैयन घण्टापछि शव फेला परेको जनाइएको छ । उनको शव विहान ६ बजेर २० मिनेटमा जेलको परिसरमा भेटिएको थियो ।

अन्तिम पटक सुरक्षा अधिकारीहरूले कुँवरलाई उनको शव फेला पार्नु भन्दा १० घण्टा अघि सुरक्षा भिडियोमा जीवित देखेका थिए । कुँवर बुधबार राति ८ बजेर २६ मिनेटमा आफ्नो सेलमा हिड्दै गरेको अवस्थामा देखिएको जनाइएको छ । सेप्टेम्बर २७ मा जेल पर्नुअघि उनी लागूऔषध दुर्व्यसन, मानसिक रोग र घरबारविहीनतासँग संघर्ष गरिरहेका थिए । घरबारविहीन भएर सडकमा संघर्ष गर्दा ज्यान नगुमाएका कुँवरको सरकारी जेलभित्र मृत्यु भएपछि एकजना करेक्सन क्याप्टेन र एकजना अधिकारीलाई निलम्बन गरिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । क्याप्टेनको निलम्बन र भिडियोले जेलका कर्मचारीहरूले रातभर कुँवरको युनिटमा चेकजाँच नगरेको देखिएको छ । डिपार्टमेन्ट अफ करेन्सनको नीति अन्तर्गत कर्मचारीहरूले कम्तिमा प्रत्येक आधा घण्टा एकाइहरू भ्रमण गर्न आवश्यक छ। उनको मृत्यु ओभरडोजका कारण भएको हुनसक्ने आशंकाका साथ अनुसन्धान भइरहेको छ । तर उनको मृत्युको कारण आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुँवर सन् २०१६ मा डिभी परेर नेपालबाट अमेरिका आएका थिए । उनी त्यसलगत्तै होमलेस भएको जनाइएको छ । सात बर्ष अगाडि न्युयोर्क सिटीमा भेटिंदा उनी होमलेस भएका थिए । उनी न्युजर्सीमा रहेको एउटा होमलेस सेल्टरमा समेत बसेका थिए । उनी न्यु जर्सीको अरु ठाउँमा पनि बसोबास गरेको तथा रेस्टुरेन्ट र कन्स्ट्रक्सन कम्पनीमा समेत काम गरेको जनाइएको छ । पछि उनको काँधमा चोटपटक लागेपछि उनी थप समस्यामा परेका थिए । उनी लामो समयदेखि मानसिक रोग, लागुऔषध र रक्सीसँग जुधिरहेको जनाइएको छ ।

मनिष कुँवरको सम्मानजनक अन्त्येष्टिका लागि गोफण्डमीमा रकम संकलन सुरु गरिएको छ । यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

कुँवरलाई जुन २०२२ मा क्वीन्समा डकैती गरेको आरोप थियो । उनले चक्कु देखाएर एक व्यक्तिबाट १२०० डलर लिएको अभियोग यिो । जुन २०, २०२२ मा कोरोनाको क्विन्सको ३७ औं एभिन्यु र ९३ औं स्ट्रीटमा उनले एक व्यक्तिलाई चक्कु देखाएर रकम लुटेको कागजातमा उल्लेख छ । यो अभियोगमा उनी अदालतमा उपस्थित भएनन् भने उनलाई पक्राउ गर्न वारेन्ट जारी गरिएको थियो। त्यसैबीच उनीविरुद्ध अन्य घरबारविहीन व्यक्तिले क्रेडिट कार्ड दिएको र अरुको कार्ड प्रयोग गरेर पसलबाट खाना किन्न खोजेको अभियोग पनि थियो । उनले प्रयोग गरेको कार्ड चोरीको कार्ड भएको खुलेको थियो ।

विगतमा कुँवर बाल्टिमोर पुगेर त्यहाँको मनोचिकित्सक केन्द्रमा पाँच महिना बिताएको जनाइएको छ । उनलाई डेलावेयरबाट पक्राउ गरिएको थियो। डेलावरबाट उनी आफैले ९११ मा फोन गरेका थिए । उनले आफूमा आत्महत्याको सोंच आएको भन्दै प्रहरीलाई फोन गरेको थिए । त्यसपछि उनी पक्राउ परेका थिए । त्यसको केही दिनपछि उनको क्वीन्समा पनि वारेन्ट रहेको पत्ता लगाइएको थियो । त्यसपछि उनलाई डकैतीको आरोपको सामना गर्न न्युयोर्क सिटी पठाइएको थियो र जेलमा राखिएको थियो ।

न्युयोर्क सिटी डिपार्टमेन्ट अफ करेक्सनको रेकर्ड अनुशार उनी सेप्टेम्बर २७ मा पक्राउ परेका थिए । उनलाई मृत्यु भएको केही घण्टापछि अदालतमा पेश गर्ने तयारी गरिएको थियो भने उनको अदालतको अर्को सुुनुवाईको मिति अक्टोबर २७ का लागि तय गरिएको थियो । तर जेलमा राखेको झण्डै एकसातामा नै उनको मृत्यु भएको रेकर्डमा खुलेको छ ।

सन् १९९६ मा जन्मिएका उनी ५ फिट ६ इन्च अग्ला र १५० पाउण्ड तौल भएका रेकर्डमा उल्लेख छ । उनको कालो कपाल र खैरा आँखा थिए । उनको मुद्दाको प्रतिनिधित्व गर्दै आएको न्युयोर्कको लिगल एड सोसाइटीले पनि यसको पुष्टी गरेको छ । सोसाइटीले कुँवरको निधनमा शोक व्यक्त गरेको छ । राइकर्स आइल्याण्डमा उनको निधन भएको खबरले आफूहरु स्तब्ध र आक्रोशित भएको एक विज्ञप्तीमा उल्लेख छ । कुँवरको परिवार, साथीहरू र समुदायप्रति सोसाइटीले गहिरो समवेदना प्रकट गरेको छ ।

उनलाई उपचारको सट्टा जेल राखेका कारण यो हानी भएको सोसाइटीको भनाई छ । आफूलाई चाहिने सेवा र स्थिर आवासमा पहुँच गरेको भए आजको त्रासदीबाट बच्न सकिने वित्रप्तीमा उल्लेख छ । हिरासतमा रहेका न्युयोर्कवासीहरूको भलाइ सुनिश्चित गर्न करेक्सन विभाग निरन्तर असफल भएको र आधारभूत जेलका कार्यहरू व्यवस्थापन गर्न असमर्थ भएको कुरा अस्वीकार्य भएको विज्ञप्तीमा जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com