प्रवासी नेपाली मञ्चद्वारा इजरायलमा अलपत्र नेपालीको विवरण सार्वजनिक, उद्वारको अपिल


प्रकाशित मिति : आश्विन २२, २०८० सोमबार

ISRAEL-BEN GURION INTERNATIONAL AIRPORT-AFFECTED FLIGHTS

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले इजरायलमा रहेका नेपालीहरुको उद्धारको माग गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चले प्यालेस्टिनी विद्रोही समूह हमासले दक्षिणी इजरायलको अलुमिन किबुजमा गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीहरूले ज्यान गुमाएको दुःखद खबरले स्तब्ध रहेको जनाउँदै उक्त हमलाको घोर निन्दा गरेको छ ।

हमला भएको स्थानमा अहिले ३७ जना नेपाली विद्यार्थीहरु विभिन्न बङ्करहरूमा रहेको जानकारी प्राप्त भएको भन्दै उनीहरूलाई सुरक्षित स्थानमा लैजान सरकारको ध्यानाकर्षण गराएको हो । ईजरायलको बङ्करबाट जीवन रक्षाको लागि याचना गरिरहेका नेपालीहरूको अविलम्व उद्धारका लागि पहल गर्न सरकार समक्ष आग्रह समेत गरेको छ ।

मञ्चले ईजरायलको बङ्करबाट जीवन रक्षाको लागि याचना गरिरहेका नेपालीहरूको विवरण समेत सार्वजनिक गरेको छ । मञ्चका अनुसार बेनी अमर फार्म (नेटिवोट नजिक) रमेश कार्की, नितिन भण्डारी, लोकेन्द्र बिष्ट, आर्बिन चौधरी, आभोष भट्टराई, निरन्जन कुश्बाह, रोहित नायक, उपेन्द्र जिसी, बिनोद शाह रहेको जानकारी दिएको छ । यस्तै, कादौश फार्ममा समर्पण आचार्य, प्रमोद भट्ट, निशचल पाण्डे, अनुप अधिकारी, डाविडियन फार्ममा नविन घिमिरे, लोविश रिजाल, श्रेया तिवारी, मनिषा खनाल, प्रविन बिसी, ओम प्रकाश उपाध्याय, गणेश जोशी, विपना जोशी, नारायण भुसाल, गणेश साउद र वादल सुबेदी अलपत्र परेका छन् ।

यस्तै, रहमिम मुग्रबी फार्म (बेइत हग्गादी) मा विभुषा अधिकारी, सुष्मा रेग्मी, आषा मिश्र, रचना चौधरी, शोरोशिम फार्ममा कल्पना जोशी, शीला कुमारी यादव, साधना बोहरा र विपिन सुबेदी अलपत्र अवस्थामा रहेको मञ्चले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मञ्चले ईजरायलमा रहेका नेपालीहरूलाई धैर्य भई सुरक्षित रहन अनुरोध गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यस्तै, मृतकप्रति हार्दिक श्रद्धाञ्जली साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com