दुबै सदनबाट खर्च विधयेक पारित भएपछि अन्तिम समयमा टर्यो सम्भावित सरकार शटडाउन
प्रकाशित मिति : आश्विन १३, २०८० शनिबार
The US Capitol in Washington, DC, on February 6, 2023, ahead of US President Joe Bidens State of the Union address on February 7. (Photo by SAUL LOEB / AFP)
दुबै सदनबाट खर्च विधयेक पारित भएपछि सम्भावित सरकार शटडाउन टरेको छ । सम्भावित सरकारी शटडाउनको केही घण्टा अघि सिनेटमा रिपब्लिकन र डेमोक्र्याटहरूले लगभग ४५ दिनका लागि अस्थायी खर्च विधयेक पारित गरेपछि सरकार शटडाउन टरेको हो । सिनेटमा शनिबारको पारित विधयेक एक हप्ता लामो संसदको बहस समाप्त गरेको छ ।

शनिबार प्रतिनिधिसभाबाट पारित विधेयक सिनेटमा पेश गरिएको थियो । उक्त विधयेक पारित गर्न सिनेटले आफ्नै स्टपग्याप बिल खारेज गरेको छ । अब नोभेम्बर १७ सम्मका लागि सरकार शटडाउनको सम्भावना टरेको छ । पारित विधयेकमा प्राकृतिक प्रकोप सहायता समावेश गरिएको छ । तर युक्रेनको लागि अतिरिक्त कोष भने समावेश गरिएको छैन ।

दुबै सदनबाट पारित विधयेक ह्वाइट हाउस पुगेपछि बाइडेनले चाँडै हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ। सिनेटमा डेमोक्रेटिक नेता नेता चक शुमरले नोभेम्बरको मध्यसम्म सरकार शटडाउन टार्ने खर्च विधयेक पारित गरेकोमा आफ्ना सहकर्मीहरूको प्रशंसा गरेका छन् ।






