अमेरिकी जनगणना रिपोर्ट: १७ बर्षसम्मका नेपालीहरु झण्डै ५७ हजार


प्रकाशित मिति : आश्विन ५, २०८० शुक्रबार

अमेरिकामा सन् २०२० मा गरिएको जनगणनाको तथ्यांक अनुशार नेपालीहरुको जनसंख्या २ लाख १९ हजार ५ सय ३ रहेको विवरण विहिबार सार्वजनिक भएको थियो । जसलाई कतिपय नेपालीहरुले वास्तविक नम्बरभन्दा कम गणना भएको बताइरहेका छन् । अमेरिकामा सन् २०२० को जनगणनामा सहभागी भएकाहरुको संख्याको आधारमा यो विवरण सार्वजनिक गरिएको हो ।

जनगणना ब्यूरोले अमेरिकामा नेपाली जनसंख्याको थप ब्रेक डाउन पनि सार्वजनिक गरेको छ । जस अनुशार पुरुषहरु १ लाख १४ हजार ७३ जना रहेका छन् भने महिलाहरु १ लाख ५ हजार ४ सय ३ जना रहेका छन् । ५ बर्षभन्दा कम उमेरका नेपालीहरुको जनसंख्या अमेरिकामा २० हजार १ सय २३ रहेको छ । जसमध्ये १० हजार २ सय ३३ बालकहरु र ९ हजार ८ सय ९० बालिकाहरु हुन् ।

त्यस्तै ५ देखि ९ बर्षका नेपाली बालकहरुको संख्या ८ हजार ५ सय ११, १० देखि १४ बर्षसम्मका बालकहरुको संख्या ६ हजार ५ सय ९१ र १५ देखि १७ बर्षसम्मका किशोरहरुको संख्या ३ हजार ६ सय ६८ रहेको छ । नेपाली बालिकाहरुमा भने ५ देखि ९ बर्षका ८ हजार १ सय ६९, १० देखि १४ बर्षका ६ हजार २ सय ८८ र १५ देखि १७ बर्षका ३५०४ रहेका छन् । यसरी हेर्दा १७ बर्षसम्मका नेपालीहरुको संख्या अमेरिकामा ५६ हजार ८ सय ९७ रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली पुरुषहरुमा १८ देखि १९ बर्षसम्मका २८७७, २० बर्षका १६२६, २१ बर्षका २०४२, २२ देखि २४ बर्षका ७ हजार ४ सय ७८, २५ देखि २९ बर्षका १२ हजार ८८ जना रहेका छन् । नेपाली महिलाहरुमा १८ देखि १९ बर्षसम्मका २६१९, २० बर्षका १४९८, २१ बर्षका १७७३, २२ देखि २४ बर्षका ६९१३ र २५ देखि २९ बर्षका १२ हजार ७ सय ९१ जना रहेका छन् । यसरी १८ देखि २९ बर्षसम्मको नेपाली जनसंख्या अमेरिकामा ५१ हजार ७ सय २३ रहेको छ । भने २९ बर्षभन्दा कमको नेपालीको जनसंख्या अमेरिकामा १ लाख ८ हजार ६ सय २० जना रहेको छ ।

३० देखि ३४ बर्षका नेपाली पुरुषहरु १५ हजार ४ सय ७८ र महिला १४ हजार ३ सय ८९ रहेका छन् । ३५ देखि ३९ बर्षका नेपाली पुरुषहरु ११ हजार ८ सय ४२ रहेका छन् भने महिलाहरु १० हजार ४ सय ८१ रहेका छन् । यसरी हेर्दा ३० देखि ३९ बर्ष उमेर समुहमा नेपालीको जनसंख्या ५२ हजार १ सय ९० रहेको छ । ४० बर्षभन्दा कम उमेरको नेपाली जनसंख्या कुलमा १ लाख ६० हजार ८१० रहेको छ ।

४० देखि ५० बर्षका नेपाली पुरुषहरु १५ हजार ९ सय ३७ जना रहेका भने महिलाहरु १३ हजार १ सय ५५ रहेका छन् । ५० देखि ५४ बर्षका पुरुषहरु ५२८० र महिलाहरु ४३७० रहेका छन् । ५५ देखि ५९ बर्षका पुरुषहरु ३५२५ र महिलाहरु ३१९९ जना रहेका छन् । ६० देखि ६१ बर्षका पुरुषहरु ११५५ र महिलाहरु १०५४ रहेका छन् । यसरी हेर्दा ४० देखि ६१ बर्षका नेपालीहरुको जनसंख्या अमेरिकामा ४७ हजार ६ सय ९५ रहेको छ ।

६२ बर्ष काटेका नेपालीहरुको जनसंख्या अमेरिकामा ११ हजार २१ रहेको छ । जसमध्ये पुरुषतर्फ ६२ देखि ६४ बर्षसम्मका १५०२ जना, ६५ देखि ६६ बर्षसम्मका ८९६ जना, ६७ देखि ६९ बर्षसम्मका ९९५ जना, ७० देखि ७४ बर्षसम्मका १०७४ जना, ७५ देखि ७९ बर्षसम्मका ६५४ जना, ८० देखि ८४ बर्षसम्मका ३५० जना र ८५ भन्दा माथिका २३१ जना रहेका छन् । महिलातर्फ ६२ देखि ६४ बर्षसम्मका १४०८ जना, ६५ देखि ६६ बर्षसम्मका ७५२ जना, ६७ देखि ६९ बर्षसम्मका ८८० जना, ७० देखि ७४ बर्षसम्मका १००९ जना, ७५ देखि ७९ बर्षसम्मका ६५९ जना, ८० देखि ८४ बर्षसम्मका ३३४ जना र ८५ भन्दा माथिका २७७ जना रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com