लन्डन प्लमस्टिडबाट हराइरहेका २४ वर्षीय निभान मगर मृत फेला परेका छन्। गत सोमबार सेप्टेम्बर १८ देखि बेपत्ता मगरको खोजीका क्रममा बेलायती प्रहरीले उनको शव फेला पारेको परिवारले जनाएको छ।
साउथ इष्ट लन्डनको एरिथस्थित नदी किनारामा उनको शव भेटिएको प्रहरीले परिवारलाई बताएको छ। मृत्युको कारण स्पष्ट भइसकेको छैन। मगरको शव अहिले अर्पिङटनस्थित प्रिन्सेस रोयल हस्पिटलमा राखिएको र पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको जानकारी परिवारलाई गराइएको छ।
पूर्व गोर्खाका छोरा निभान प्लमस्टिडमै एक नेपाली परिवारसँग बस्दै आएका थिए। उनका आमाबाबु नेपालमा र दिदी लन्डनमै छुट्टै बस्दै आएकी थिइन्। स्वर्गीय मगर नेपालमा रुपन्देही रामापुरका हुन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।