अमेरिकामा नेपालीको जनगणनाको रिपोर्ट सार्वजनिक, कुल नेपाली २ लाख १९ हजार ५ सय ३


प्रकाशित मिति : आश्विन ४, २०८० बिहीबार

Nepal-Day-parade-1

अमेरिकी सरकारको जनगणना ब्यूरोले अमेरिकामा रहेका कुल नेपालीहरुको आधिकारिक जनसंख्या सार्वजनिक गरेको छ । आज सार्वजनिक विवरण अनुशार अमेरिकामा कुल नेपालीहरुको संख्या २ लाख १९ हजार ५ सय ३ रहेको छ । अमेरिकामा गरिएको सन् २०२० को जनगणनाका आधारमा यो रिपोर्ट सार्वजनिक गरिएको हो ।

जस अनुशार न्युयोर्क राज्यमा रहेका नेपालीहरुको संख्या जम्मा २३ हजार ७७ रहेको जनगणना ब्यूरोको रिपोर्टमा उल्लेख छ । तर सबैभन्दा धेरै नेपालीहरुको बसोबास रहेको राज्यमा टेक्सास पहिलो नम्बरमा आएको छ । टेक्सासमा कुल नेपालीको जनसंख्या २८ हजार ६ सय ८३ रहेको छ । दोश्रोमा न्युयोर्क रहेको छ भने तेश्रोमा ओहायो देखिएको छ । ओहायोमा नेपालीको जनसंख्या २१ हजार ५ सय ६७ रहेको छ । क्यालिफोर्नियामा नेपालीको जनसंख्या १९ हजार ६ सय ७७  रहेको छ ।

जनगणना अनुशार नेपालीको संख्या अलाबामा १ हजार ६, अलास्कामा १९१, एरिजोनामा १८९४, अर्कान्सासमा ४८३, कोलोराडोमा ७ हजार १ सय १८, कनेक्टिकटमा २ हजार १ सय ५१, डेलावरमा ३०२, वासिंटन डिसीमा ३०८, फ्लोरिडामा २५४७, जर्जियामा ४८०६, हवाईमा ३६३, आइदायोमा ८२५, इलिनोयमा ४ हजार ८५, इन्डियानामा १०१०, आयोवामा २४५३, कन्सासमा १५९१, केन्टकीमा ४०९२, लुजियानामा १२३१, मेनमा १५५ र मेरिल्याण्डमा १० हजार ५३८ रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै मासाचुसेट्समा ९ हजार १ सय २, मिसिगनमा ३ हजार १ सय ९६, मिनेसोटामा ३८१२, मिसिसिपीमा ५११, मिजौरीमा १८८४, मोन्टानामा ५४, नेब्रास्कामा २२७६, नेभाडामा ६३६, न्यु ह्याम्सशायरमा २१८८, न्युजर्सीमा ३२६४, न्यु मेक्सिकोमा ५९८, नर्थ क्यारोलिनामा ५९६९, नर्थ डाकोटामा १६५९, ओक्लोहोमामा ११७६, ओरेगनमा १६८५, पेन्सिलभेनियामा १४ हजार २ सय १, रोड आइल्याण्डमा ३६२, साउथ क्यारोलिनामा ४३८, साउथ डाकोटामा १०७३, टेनेसीमा २०४३, युटाहमा १५१८, भर्मोन्टमा १४९८, भर्जिनियामा १३ हजार ७ सय २, वासिंटनमा ४६४८, वेष्ट भर्जिनियामा १९४, विसकन्सिनमा १६१०, वायोमिंगमा १०४ र पोर्तोरिकोमा २३ जना नेपालीहरु रहेका छन् ।

जनगणना अनुशार न्युयोर्कको क्वीन्स काउन्टीमा मात्र नेपालीको संख्या १४ हजार ३ सय ९४ रहेको छ । न्युयोर्क सिटीको म्यानहटनमा ४४६, ब्रोंक्समा १२८, बु्रकलिनमा ७९६ नेपालीहरु रहेका छन् । न्युयोर्कका अन्य काउन्टीहरुमा अल्बानीमा २५४, ब्रुम काउन्टीमा ५०, कोलम्बिया काउन्टीमा २६, डचेज काउन्टीमा ६३, एरी काउन्टीमा १३३४, मनरो काउन्टीमा २१६९, नासु काउन्टीमा ६६६, ओनेडा काउन्टीमा १५२, ओनान्डागा काउन्टीमा १२३१, अरेन्ज काउन्टीमा ४९, पुटनाम काउन्टीमा ४८, रेनसेलर काउन्टीमा ९५, रिचमण्ड काउन्टीमा ७४, रकल्याण्ड काउन्टीमा ३१, साराटोगा काउन्टीमा ७०, सफल्क काउन्टीमा २३८, टम्किन्स काउन्टीमा ११२ र वेष्टचेस्टर काउन्टीमा २७२ जना नेपालीहरु रहेका छन् ।

अमेरिकामा  सन् २०१० मा ५० हजार वा सो भन्दा बढी जनसंख्या भएकाहरू मध्ये नेपाली जनसंख्या सबैभन्दा छिटो बढिरहेको एसियाली समूह थियो। नेपाली एक्लैको जनसंख्या सन् २०१० को ५१ हजार ९ सय ७ बाट २९५ दशमलव ५ प्रतिशत बढेर सन् २०२० मा २ लाख ५ हजार २ सय ९७ भएको छ भने नेपाली एक्लै वा कुनै पनि संयोजन जनसंख्या सन् २०१० को ५९ हजार ४ सय ९० बाट २६९ प्रतिशत बढेर २ लाख १९ हजार ५ सय ३ पुगेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com