नेपालबाट चोरिएका ४० वटा काठका कलाकृति अमेरिकाबाट फिर्ता पठाइयो


प्रकाशित मिति : श्रावण २५, २०८० बिहीबार

अमेरिकाको वासिटन डिसीमा रहेको नेपाली दूतावासले अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको एचएसआईबाट प्राप्त गरेका ४० वटा काठका कलाकृति नेपाल पठाएको छ । नेपाल सरकारको पुरातत्व विभागले यी कलाकृतिहरू शनिबार काठमाडौंमा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

नेपालबाट गैरकानूनी रूपमा निर्यात गरिएका कलाकृतिहरू अगस्ट २०१० मा अमेरिकी सरकारको सीबीपीले हवाईमा जफत गरेको थियो। नेपाल सरकारले सन् २०११ मा यी कलाकृतिहरु नेपाललाई फिर्ता गर्न अमेरिकी सरकारलाई आधिकारिक रूपमा अनुरोध गरेको थियो। त्यसको झण्डै १२ बर्षपछि यी कलाकृतिहरु नेपाल फिर्ता पठाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली दूतावासले २०२३ मे ११ मा दूतावासमा आयोजित एक समारोहमा एचएसआईबाट यी कलाकृतिहरू प्राप्त गरेको थियो। हस्तान्तरण समारोहमा ४० मध्ये चारवटा कलाकृतिहरु प्रदर्शनको लागि चयन गरिएको थियो। नेपाली दूतावासले २०२३ अगस्ट १ मा दूतावासमा आयोजित नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रममा यी कलाकृतिहरू पुनः प्रदर्शन गरेको थियो।

क्यालिफोर्नियाका अबैतनिक महावाणिज्यदूत ऋषि ढकालको पहलमा कतार एयरवेज कार्गोले यी कलाकृतिहरूलाई वाशिंगटन डीसीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ढुवानी गर्न स्पोन्सर गरेको थियो। दूतावासको अनुरोधलाई स्वीकार गरी यी कलाकृतिहरू नेपाल पठाएकोमा दूतावासले कतार एयरवेज कार्गोप्रति हार्दिक आभार प्रकट गरेको छ । साथै यस सम्बन्धमा कतार एयरवेजसँग मिलेर काम गरेकोमा अबैतनिक महावाणिज्यदूत ऋषि ढकाललाई दूतावासले विशेष धन्यवाद दिएको छ ।

दूतावासले नेपालका हराएका र चोरिएका सम्पदाको पुनःप्राप्ति र फिर्ता ल्याउने प्रयासको एक हिस्साको रूपमा नेपाल सरकारका सम्बन्धित निकायहरू, होमल्याण्ड सेक्युरिटी विभागको होमल्याण्ड सेक्युरिटी इन्भेष्टिेशेन, अमेरिकी विदेश मन्त्रालय, सीबीपी, अनुसन्धानकर्ताहरू, अभियानकर्ताहरू, मिडिया लगायतसँग सक्रिय रूपमा संलग्न रहेर काम गरेको जनाएको छ । यस प्रयासमा दूतावासले यी सबै निकाय र व्यक्तिहरूलाई धन्यवाद दिएको छ ।

यो ढुवानीसँगै दूतावासले अप्रिल २०२२ देखि हालसम्म ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका ४७ वटा कलाकृति नेपाल फिर्ता पठाइसकेको छ । यी कलाकृतिहरु १९ र २० औं शताब्दीका भएको जनाइएको छ ।

सामग्रीहरु नेपाल फिर्ता लैजाने कार्यमा सहयोग गरेकोमा कतार एयरवेजका लागि नेपालका कन्ट्री म्यानेजर तप नारायण श्रेष्ठ र कतार एयरवेजको सम्पूर्ण टोलीलाई अबैतनिक महावाणिज्यदूत ऋषि ढकालले धन्यवाद दिएका छन् ।  नेपाल सरकारको अवैतनिक महावाणिज्यदूतको हैसियतमा कतार एअरवेजको टिमलाई दूतावाससँग जोड्ने अवशर प्रदान गरेको भन्दै ढकालले राजदूत श्रीधर खत्री र नेपाली राजदूतावासप्रति आभार प्रकट गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com