फ्याक्ट चेक: के गाँजाको चिया पिउँदा मधुमेहका बिरामीहरुलाई फाइदा हुन्छ?


प्रकाशित मिति : श्रावण २३, २०८० मंगलबार

rectangular brown wooden tray filled with tea

Photo by Kimzy Nanney

गाँजाको चिया पिउँदा मधुमेहका बिरामीहरुलाई फाइदा हुने केही दावीहरु सामाजिक सञ्जालमा देखिएका छन् । भिम उपाध्यायको फेसबुक एकाउन्टमा शेयर गरिएका यस्तै दुईवटा दावीहरुमा सयौं कमेन्टहरु आएका छन् भने केही दर्जनले शेयर गरेका छन् साथै हजारौंले प्रतिकृया जनाएका छन् ।

एकजनाको सन्देशलाई उद्धृत गर्दै उपाध्यायबाट गरिएको एउटा पोष्टमा भनिएको छ – ‘आज बिहान मेरी आमाको खालि पेट रगत जाच्दा सुगर ४४१ थियो, गाजाको ग्रिन टी बनाएर आमालाई खान दिएको १ घन्टा पछि जॉच्दा २२० मा आयो ।’

त्यस्तै अर्को अरुको सन्देशलाई उद्धृत गर्दै अर्को पोष्टमा भनिएको छ – ‘गाँजाको हरियो पातको चियाले सुगर कन्ट्रोल भयो । मेरी आमाको सुगर कहिल्यै ठिक लेभलमा आएको थिएन, इन्सुलिन ३० युनिट लगाउनु पर्थ्यो, तैपनि कहिल्यै ब्यालेन्समा आउदैन थियो, २५० देखी ५०० सम्म हुन्थ्यो। २२ वर्षको सुगर ३ दिन राती सुत्ने बेलामा एक एक कप गॉजाको हरियो पातको चिया बनाएर दिएको अहिले सुगर ठिक नै भयो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के गाँजाको पातको चिया वा गाँजाबाट मधुमेहका बिरामीहरुलाई फाइदा पुग्छ ? रगतमा भएको चिनीको मात्रा नियन्त्रणमा मद्दत गर्छ ? हामीले यसबारे भएका केही रिसर्चहरु खोजेका छौं । रिसर्चहरु हेर्दा गाँजाले रगतमा चिनीको स्तर कम गर्न मद्दत गर्ने केही प्रमाणहरु देखाएको छ । हाइलाइट गरिएका अक्षरहरु क्लीक गरेर सम्बन्धित रिसर्च हेर्न सक्नुहुनेछ ।

अमेरिकन एलायन्स फर मेडिकल क्यानाबिस भनिने एक वकालत समूहले गाँजाले मधुमेह भएका मानिसहरूमा लाभकारी प्रभाव पार्न सक्ने उल्लेख गरेको छ ।
उक्त समुहले रगतमा चिनीको स्तर स्थिर बनाउने, एन्टिअक्सिडेन्ट गुणहरूको कारण नशा सुन्निने कम गर्ने, मधुमेहको जटिलताका कारण हुने न्यूरोपैथिक दुखाइ कम गर्ने, रक्त वाहिकाहरू खुला राखेर समयसँगै रक्तचाप घटाउन र रक्तसंचार सुधार गर्न सक्ने, मांसपेशी ऐंठनदेखि राहत प्रदान गर्नसक्ने तथा ग्यास्ट्रोइंटेस्टाइनल दुखाइ कम गर्नसक्ने बताएको छ ।

यद्यपि अमेरिकन एलायन्स फर मेडिकल क्यानाबिसले यी फाइदाहरूमा अध्ययनको नतिजा विरोधाभासपूर्ण भएको चेतावनी पनि दिएको छ । औषधीय गाँजामा अनुसन्धान अझै जारी रहेको छ भने यसका प्रभावहरु बुझ्न थप अध्ययनहरू आवश्यक भएको समेत उल्लेख गरेको छ । यद्यपी गाँजाले मधुमेह भएका मानिसहरूलाई अन्य फाइदाहरू पनि प्रदान गर्न सक्छ।

अधिक तौल हुनु वा मोटोपन हुनु टाइप २ मधुमेहको विकासको लागि सबैभन्दा महत्त्वपूर्ण जोखिम कारकहरू मध्ये एक हो। अध्ययनहरूले देखाउँछ कि गाँजाले मोटोपनाको जोखिम कम गर्न मद्दत गर्न सक्छ, जसले व्यक्तिको मधुमेहको सम्भावनालाई कम गर्न सक्छ। उदाहरणका लागि सन् २०१३ मा ४ हजार ६ सय ५७ मानिसहरूबीचको अध्ययनमा कम्मरको सानो आकार र गाँजा प्रयोग बीचको सम्बन्ध पहिचान गरियो। यो अध्ययनमा पहिले गाँजा सेवन गरेका १९७५ जना र त्यतीबेला सेवन गरिरहेका ५७९ जना सहभागी थिए । औसतमा, अध्ययनको समयमा गाँजा प्रयोग गरिरहेका मानिसहरूको कम्मरको परिधि अन्यको तुलनामा डेढ इन्च कम थियो ।  यो खोजले पहिलेको अनुसन्धानलाई समर्थन गर्दछ, जसले पत्ता लगाएको थियो कि गाँजा प्रयोग गर्ने मानिसहरूमा मोटोपनाको घटना अन्यको भन्दा कम थियो।

wine glass with cannabis leaf decor
Photo by Justin Aikin

इन्सुलिन प्रभावकारी रूपमा प्रयोग गर्ने शरीरको क्षमता स्वास्थ्यको लागि महत्त्वपूर्ण छ। यद्यपि, टाइप २ मधुमेह भएका मानिसहरूमा शरीर इन्सुलिनको प्रभावहरूप्रति कम संवेदनशील हुन्छ र त्यसैले यो हर्मोनप्रति कम प्रतिक्रियाशील हुन्छ। अनुसन्धानका अनुशार गाँजा प्रयोगकर्ताहरूको इन्सुलिन संवेदनशीलता बढेको हुन सक्छ।
एक ठूलो अध्ययनमा वैज्ञानिकहरूले पत्ता लगाए कि गाँजा प्रयोगकर्ताहरूको उपवास इन्सुलिन स्तरहरू अन्यको तुलनामा १६ प्रतिशत कम थियो। यस समूहमा इन्सुलिन प्रतिरोधको स्तर पनि औसतमा १७ प्रतिशत कम थियो।

इन्सुलिन नलिने टाइप २ मधुमेह भएका मानिसहरूहरुबीच गरेको २०१६ को अध्ययनको नतिजा अनुशार क्यानाबिनोइड टीएचसीका उल्लेख्य प्रभावहरु देखिएको थियो, जसमा उपवास रगतमा चिनीको मात्रामा महत्वपूर्ण गिरावट, इन्सुलिनको सुधारिएको उत्पादन र रगतमा चिनीलाई नियन्त्रण गर्ने एडिपोनेक्टिनको स्तर बृद्धि लगायत थिए ।

२०१४ को एक अध्ययनले पत्ता लगाए अनुशार गाँजामा पाइने तत्वहरु सीबीडी र टीएचसी भएको एक सामयिक गाँजा उपचारले न्यूरोपैथिक दुखाइमा लक्षणहरु लाई कम गरेको थियो । स्प्रे प्रयोग गरेर मानिसहरूले यी क्यानाबिनोइडहरू सिधै तिनीहरूको हात र खुट्टामा लगाउन सक्छन् जसले मधुमेह न्यूरोपैथीको लक्षणका रुपमा रहेको पीडा र झन्झनाउने संवेदनाहरू कम गर्न मद्दत गर्छ ।

प्रकार १ र २ मधुमेह तथा अन्य पुरानो रोगहरूको विकासमा सुन्निनुले भूमिका खेल्छ। सन् २०१५ को अनुसन्धानका अनुशार सीबीडीको एंटी इन्फ्लेमेटरी गुणहरूले सुन्निएको उपचार गर्न सक्छ जसले मधुमेह र यससँग सम्बन्धित केही जटिलताहरूमा सकारात्मक योगदान पुर्‍याउँछ।

त्यस्तै डायबेटिक रेटिनोप्याथी मधुमेह भएका मानिसहरूमा दृष्टि गुमाउनुको प्रमुख कारण हो। राष्ट्रिय आँखा संस्थानका अनुसार यो काम गर्ने उमेरका वयस्कहरूमा अन्धोपनको सबैभन्दा सामान्य कारण हो। जनावरहरूमा गरिएको एक अनुसन्धानको नतिजा अनुशार १ देखि ४ हप्ताको सीबीडी उपचारले मधुमेह रेटिनोप्याथीबाट महत्त्वपूर्ण सुरक्षा प्रदान गर्न सक्छ।

डाइबेटिक न्यूरोपैथी पनि मधुमेहको एक जटिलता हो। यो स्नायु क्षतिको एक रूप हो जुन प्रायः खुट्टामा हुन्छ तर शरीरको अन्य भागहरूमा पनि विकास हुन सक्छ। न्यूरोपैथी प्रायः अत्यन्त पीडादायी हुन्छ र यो केहि अवस्थामा घातक हुन सक्छ। न्यूरोपैथिक खुट्टा दुखाइ भएका मानिसहरू समावेश २०१५ को अध्ययनका लेखकहरूले निष्कर्ष निकाले कि गाँजाको स्वास लिंदा मधुमेह न्यूरोपैथिक दुखाइबाट धेरै घण्टा राहत प्रदान गर्न सक्छ।

गाँजाको प्रयोगले मधुमेह भएका मानिसहरूलाई केही फाइदाहरू प्रदान गर्न सक्छ, तर औषधिमा पनि यसको कमजोरीहरू छन्। गाँजाले विकासशील मस्तिष्कलाई असर गर्ने र सम्भावित रूपमा सिक्ने र स्मरणशक्तिलाई कमजोर बनाउने भएकाले २५ वर्ष भन्दा कम उमेरका मानिसहरूले यसको सेवन गर्दा चिकित्सकको सल्लाह लिनुपर्छ । क्यानाबिनोइड्सले मेटाबोलिक प्रणाली, इन्सुलिन संवेदनशीलता, र भोकलाई असर गर्न सक्ने भएकाले बारम्बार गाँजाको प्रयोगले यी कार्यहरूलाई बाधा पुर्‍याउन सक्छ।

गाँजा प्रयोग गर्दा यसले भोक बढाउन सक्छ। जसले गर्दा मानिसहरूलाई ठूलो मात्रामा कार्बोहाइड्रेट खाने र खान मन लाग्न सक्छ। बढ्दो भोक विशेष गरी मधुमेह भएका मानिसहरूका लागि समस्याग्रस्त हुन सक्छ किनभने कार्बोहाइड्रेटले रगतमा चिनीको मात्रा बढाउँछ। रगतमा उच्च चिनीको स्तरले मेडिकल आपतकालिन परिणाम ल्याउन सक्छ ।

गाँजाले रगतमा चिनीको मात्रा घटाउने भएकाले रगतमा चिनीको मात्रा असामान्य रूपमा कम हुनु मधुमेह भएकाहरूका लागि पनि खतरनाक हुन सक्छ। रगतमा धेरै इन्सुलिन र पर्याप्त ग्लुकोज नभएमा चिनीको मात्रा कम हुन्छ। गाँजाको नशामा प्रयोगकर्ताहरूले उनीहरूको रगतमा चिनीको स्तर घटेको याद नगर्न सक्छन् । उनीहरुले रगतमा चिनीको मात्रा अत्यन्तै कम हुँदाका लक्षणहरूलाई गाँजा लागेको कारण त्यस्तो अनुभव भएको हुनसक्ने अनुमान गर्नुसक्छन्, जसले मेडिकल आपतकालिन परिणाम ल्याउन सक्छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com