अमेरिकामा नेपालीको आम्दानीको स्तर र शैक्षिक योग्यता अन्य एसियनको भन्दा निकै कम


प्रकाशित मिति : श्रावण २२, २०८० सोमबार

अमेरिकामा झण्डै साढे २३ मिलियन एसियन अमेरिकनहरु रहेका छन्, जुन अमेरिकी कुल जनसंख्याको ७ दशमलव १ प्रतिशत हो । एसियन अमेरिकनलाई प्यासेफिक आइल्याण्डरसँगै जोडेर समेत गणना गर्ने गरिन्छ । यसरी हेर्दा एसियन अमेरिकन प्यासेफिक आइल्याण्डरको संख्या अमेरिकामा १० बर्षमा २७ प्रतिशतले बृद्धि भएको छ ।

एसियन अमेरिकीहरूमा ताइवान र भारतीय अमेरिकीहरूको शिक्षा र आयको नतिजा अत्यन्तै उच्च रहेको छ भने जबकि नेपाली, बर्मेली लगायतको आम्दानी र शैक्षिक स्तर निकै कम रहेको छ । अमेरिकामा नेपाली लगायत १७ एसियनहरुको जनसंख्या १ करोड ३० लाखको हाराहारीमा रहेको छ । जसमा सबैभन्दा धेरै चिनियाहरु झण्डै साढे ५२ लाख र श्रीलंकनहरु ८६ हजार रहेका छन् ।

जनगणनाको तथ्यांक अनुशार अमेरिकामा नेपालीहरुको संख्या २ लाख २९ हजार ३२५ रहेको छ । यद्यपी नेपाली समुदायले यो संख्या अझ धेरै रहेको दावी गर्दै आएको छ । खसोखासले निकालेको तथ्यांक अनुशार अमेरिकामा ग्रिनकार्डवाहक र अमेरिकी नागरिकता प्राप्त नेपालीहरुको संख्यामात्र १ लाख ९० हजारको हाराहारीमा रहेको छ । त्यो बाहेक ग्रिनकार्डको प्रतिक्षामा रहेकाहरु र विद्यार्थी भिसामा रहेकाहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यालिफोर्निया, न्यूयोर्क र टेक्सासमामात्र एसियन अमेरिकी जनसंख्याको ४६ प्रतिशत बसोबास रहेको छ । नेपालीहरुको सबैभन्दा धेरै बसोबास भएका राज्यहरु पनि यी तीन राज्यहरु नै हुन् । पछिल्लो तथ्यांक हेर्दा क्यालिफोर्निया र न्युयोर्कको तुलनामा टेक्सासका नेपालीहरुको अमेरिकी नागरिकता प्राप्त गर्ने दर उच्च रहेको छ । अर्थात् टेक्सासमा नेपालीको बृद्धिदर क्यालिफोर्निया र न्युयोर्कको तुलनामा बढी देखिएको छ ।

अमेरिकामा रहेको २५ बर्षमाथिको एसियन जनसंख्यामा ५५ प्रतिशतको शैक्षिक योग्यता स्नातक भन्दा माथि रहेपनि यसमा नेपालीहरु भने पछि परेका छन् । २५ बर्षभन्दा माथिका अधिंकाश नेपालीको शैक्षिक योग्यता स्नातक समेत छैन । स्नातक समेत नभएका नेपालीहरुको जनसंख्या अमेरिकामा ५२ दशमलव २ प्रतिशत रहेको युएस सेन्सस ब्यूरोको तथ्यांकमा उल्लेख छ । स्नातक वा त्योभन्दा माथिको शैक्षिक योग्यता हुने नेपालीहरु ४७ दशमलव ७ प्रतिशत छन् ।

एसियन अमेरिकी घरपरिवारको औसत घरेलु आम्दानी वार्षिक ९७,६२६ अमेरिकी डलर हो । तर त्यसमा नेपालीहरुको भने निकै कम छ । इन्डियनको सबैभन्दा धेरै १ लाख ३८ हजार ४१८ हुँदा नेपालीहरुको जम्मा ७८ हजार ४३ डलर रहेको छ । कम्बोडियन, बंगालादेशी र बर्मिजको आम्दानी नेपालीहरुको भन्दा पनि कम रहेको छ । इन्डियनपछि सबैभन्दा धेरै आम्दानी हुनेहरु ताइवानी, फिलिपिनो र पाकिस्तानी रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com