अमेरिकाबाट नेपाल घुम्न गएकी २२ वर्षीया अन्जिता भण्डारीको क्यानोनिङ दुर्घटनामा निधन


प्रकाशित मिति : श्रावण १३, २०८० शनिबार

नेपाल घुम्न गएको बेलामा कास्कीमा क्यानोनिङ गर्ने क्रममा लडेर अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर निवासी २२ वर्षीया अन्जिता भण्डारीको निधन भएको छ । नेपलिज डायस्पोराका अनुशार भण्डारीको माछापुच्छ्रे गाउँपालिका ९ घलेलमा हेको पोखरा क्यानोनमा क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु भएको हो ।

मेरिल्याण्डको एक युनिभर्सिटीबाट कम्प्युटर साईन्समा ब्याचलर सकेर छुट्टि मनाउन नेपाल गएकी अन्जिता क्यानोनिङ गर्नेक्रममा १ सय ४० फिट माथीबाट लडेकी थिईन । पोखरा २६ बुढी बजारमा रहेको पुर्ख्यौली घरमा छुट्टि बिताउन दिदीसँगै गएको बखत उनी क्यानोनिङका लागि गएकी थिइन् ।

झरनाबाट झर्ने क्रममा अचानक लडेर घाइते भएकी भण्डारीलाई उपचारका लागि माणिपाल अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा बुधबार चिकित्सकले मृत घोषणा गरेका थिए । अन्जिताको पोखराको रामघाटमा अन्त्येष्टी गरिसकिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्जिताको दुर्घटनाको खबर पाएपछि अमेरिकामा रहेका बुबाआमा नेपाल गईसकेका छन् । सामाजिक अभियन्ता समेत रहेका उनका बुवा तिर्थ भन्डारी सन २०११ देखि अमेरिका बस्दै आएका छन् भने अन्जिता सन् २०१७ मा आमा, दिदी र भाईका साथमा अमेरिका आएकी थिइन् ।

अन्जिता अत्यन्तै मिलनशार, स्मार्ट र सहयोगी रहेको बताउँदै मेरिल्याण्डका राज्य सांसद ह्यारी भण्डारीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै भने – ‘यो अत्यन्तै दुखद खबर हो । उनले मेरो चुनावी अभियानमा पनि स्वंसेवकका रुपमा खटिएकी थिइन् । सामाजिक कामहरुमा सहभागी हुन रुचाउने उनी अत्यन्तै सहयोगी भावनाकी थिइन् । उनी अत्यन्तै जिज्ञासु समेत थिइन् ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com