आइफोन सेभेन सेप्टेम्बर ७ मा, यस्ता छन् विशेषता


प्रकाशित मिति : भाद्र २१, २०७३ मंगलबार

संसारको सबैभन्दा ठूलो टेक कम्पनी एप्पलले आफ्नो नयाँ संस्करण आइफोन सेभेनको आउँदो सप्टेम्बर ७ तारिखका दिन लञ्च गर्ने बताएको छ । आइफोन सेभेनसँगै एप्पलको नयाँ वाच पनि लञ्च गरिने अनुमान गरिएको छ । पत्रकारहरुलाई दिएको निम्तोमा उनले ‘ सि यु अन द सेभेन्थ’ क्याप्सन दिएका छन् ।

स्रोतका अनुसार यो फोनमा ३.५ एमएको अडियो ज्याक नहुने बताइएको छ जसका कारण यो फोन अन्य आइफोनभन्दा निकै पातलो हुने बताइएको छ । यस्तो हुने हो भने, आइफोन सेभेनका प्रयोगकर्ताले वायरलेस हेडफोन लिन आवश्यक छ । तीन प्रकारका आइफोन सेभेनलाई बजारमा उतारिने विभिन्न स्रोतले दाबी गरेको छ ।

स्रोतलाई मान्ने हो भने यो आइफोन बाँकी सबै आइफोनको तुलनामा निकै स्लिम हुनेछ । यसको एन्टिना लाइनको ठाउँमा पनि थोरै परिवर्तन गरिनेछ । यो आइफोन अरुभन्दा धेरै वाटर रेसिस्टेन्ट हुने पनि बताइएको छ । यसका साथै यसको र्याम ३ जीबीसम्म रहने छ ।

यसपटक एप्पले आफ्नो बेस मोडल १६ जीबीलाई परिवर्तन गरेर ३२ जीबी गर्ने स्रोतले बताएको छ । अर्थात् यसमा कम्तीमा पनि ३२ जीबीको स्टोरेज हुनेछ । यसका साथै यसलाई १२८ जीबी र २५६ जीबीसम्म बढाउन सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्ला केही महिनादेखि यसका विशेषबारे थुप्रै प्रकारको टिका टिप्पणी गरिरहेका छन् । कतिले त यसका विशेषता लिक भएको दाबीसमेत गरेका छन् ।

यसका साथै आइफोन सेभेनमा ड्युअल लेन्स क्यामरा हुने कुरा निकै पहिलेदेखि गरिएको थियो । भर्खरै लिक भएका केही जानकारीमा पनि आइफोन सेभेनको एक प्रकारमा सिंगल लेन्स हुने बताइएको छ भने अर्कोमा ड्युअल लेन्स हुने बताइएको छ । ड्युअल लेन्स भएको यो आइफोनको नाम आइफोन सेभेन प्लस हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com