एनआरएनए अमेरिकाको अध्यक्षमा डाक्टर बन्जाडेले बाजी मारे, महासचिवमा अधिकारी


प्रकाशित मिति : श्रावण ८, २०८० सोमबार

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डाक्टर अर्जुन बन्जाडे निर्वाचित भएका छन् । निर्वाचन समितिले सोमबार बिहानै जारी गरेको मत परिणाम अनुसार पाँच हजार सात सय ३९ मत प्राप्त गरी बन्जाडे अध्यक्षमा बिजयी भएका हुन् ।

अध्यक्ष पदका अर्का प्रत्यासी दिलु पराजुलीले चार हजार आठ सय छ मत प्राप्त गरी उपबिजेता भएका छन् । परिर्वतन अपरिहार्य छ भन्ने नाराका साथ चुनावमा होमिएका बन्जाडेले नौ सय ३३ मतको फराकिलो मतान्तर सहित नेतृत्व सम्हाल्ने गरी चुनिएका छन् ।

यस्तै सन् २०२३ २०२५ कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा बिकास उप्रेती बिजयी भएका छन् । उनले चार हजार नौ सय ४५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी अन्जन चौलागाई चार हजार ७ सय ३५ मत प्राप्त गरी उपबिजेता भए ।

यसैगरी समितिको चार उपाध्यक्षमा भानु खेरल, प्रेम तामाङ, ज्ञानेन्द्र गुरुङ र नेत्र पाण्डे बिजयी भएका छन् । यसैगरी महिला उपाध्यक्षमा सुनिता सापकोटा, युवा उपाध्यक्षमा अनुप खनाल बिजयी भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै कार्यसमितिको महासचिवमा रामहरी अधिकारी बिजयी भएका छन् । उनले पाँच हजार एक सय ९७ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी गोपेन्द्र भट्टराईले चार हजार चार सय ३९ मत प्राप्त गरेका छन् । यस्तै सचिवमा दिपक सापकोटा बिजयी भएका छन् ।

यस्तै महिला सचिवमा शान्ति पौड्याल, कोषाध्यक्षमा सरोज सिग्देल, सहकोषाध्यक्षमा दिवाकर पाण्डे, युवा संयोजकमा तेज पौडेल, महिला संयोजकमा सुनिता खत्री बिजयी भएका छन् ।

यसैगरी बोर्ड सदस्यमा डाक्टर गंगाधर आचार्य, बल राई, बिष्णु बराल, निमा शेर्पा, बासुदेव भाट, लक्ष्मण दर्लामी, मोहन कुसारी र नवराज न्यौपाने बिजयी भएका छन् । यस्तै महिला बोर्ड सदस्यमा दुर्गा तिवारी, रितादेवी प्रधान, सृजना शर्मा र सरस्वती शर्मा बिजयी भए ।

यस्तै क्षेत्रिय संयोजक आरसी पदमा बिष्णु खत्री, आङछिरिङ शेर्पा, मोहन न्यौपाने र महेन्द्र बस्नेत चयन भएका छन् । यस्तै आईसीसी सदस्यहरुमा प्रविन केसी, क्षेत्र गुरुङ, पदमबहादुर ठकुराठी, टंकराज रेग्मी, गोबिन्द कुमार श्रेष्ठ, उत्तम कुमार कार्की, डोलनाथ घिमिरे र दुर्गेशजंग कार्की बिजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित बन्जाडेले सबै पक्षसंग मिलेर काम गर्ने प्रतिवद्धता जनाउँदै संघ र प्रवासी नेपालीको हकहितमा काम गर्ने जानकारी गराएका छन् । यस्तै महासचिव पदमा निर्वाचित रामहरी अधिकारीले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नागरिकताको निरन्तरता र प्रवासी नेपालीको श्रीबृद्धिमा काम गर्ने जानकारी दिएका छन् ।

निर्वाचन प्रमुख बासु फुलाराले दिएको जानकारी अनुसार अनलाइनबाट भेरो नामको कम्पनीमार्फत गरेको निर्वाचनमा १३ हजार ६ सय ९१ मतदानता मध्ये ११ हजार २ सय ६७ मतदानमा सहभागी भएका थिए ।

सम्पूर्ण परिणाम हेर्न यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com