न्युयोर्कमा केही दिनमै २ पटक गाडी तोडफोड हुनुको कारण ‘नेपाल’ लेखेको नम्बरप्लेट हुनसक्ने गौलीको आशंका


प्रकाशित मिति : श्रावण ७, २०८० आईतबार

न्युयोर्कको क्वीन्समा केही दिनको अन्तरालमा आफ्नो गाडी २ पटक तोडफोड गरिएको उल्लेख गर्दै अमेरिकी सेनाका भेट्रान रञ्जित गौलीले गाडीको नम्बर प्लेट नेपाल सेभेन राखिएका कारण आक्रमण भएको हुनसक्ने आशंका गरेका छन् । उनले हालै आफ्नो टोयटा र्याभ फोर हाइब्रिड गाडीको नम्बरप्लेट कस्टमाइज गर्दै नेपाल सेभेन राखेका थिए । त्यसको केही समयमा नै उनको गाडी पार्क गरेर राखेको अवस्थामा दुईपटकसम्म तोडफोड भएको छ ।

क्वीन्सको जमैकामा आफू बस्ने घर नजिकै गाडी पार्क गरेर राखेको अवस्थामा पहिलोपटक जुलाई १३ को राती तोडफोड भएको र लगत्तै जुलाई २१ मा दिउसो पनि तोडफोड भएको उनले बताएका छन् । जुलाई १३ मा आफू न्युयोर्कबाहिर रहेका बेलामा तोडफोड भएको र आफूले प्रहरीलाई खबर नगरी आफै मर्मत गरेको उनले बताए । तर जुलाई २१ मा विहान ९ बजेदेखि दिउसो साढे १२ बजेको बीचमा गाडी तोडफोड भएपछि प्रहरीलाई खबर गरेको उनले बताए ।

दुईपटक सम्म भएको तोडफोडमा गाडीको सिसा फोडिएको, गाडी कोरिएको, टायरको हावा खोलिएको उनले बताए । तोडफोडबाट गाडीमा ४ हजार डलरभन्दा बढीको क्षति भएको उनको दावी छ । पहिलोपटक गाडी तोडफोड भएर बनाएर चलाउन लागेको एकदिनपछि नै शुक्रबार दोश्रोपटक तोडफोड भएको उनले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफू विगत झण्डै ४ बर्षदेखि यहाँ बस्दै आएपनि गाडीको नम्बरप्लेट नेपाल सेभेन राखेपछि तोडफोड गरिने घृणा अपराधको घटना हुनसक्ने उनले आशंका गरेका छन् । उनको गाडी कोरेर एक्स चिन्ह बनाइएको थियो । आफूले यसबारे प्रहरी कार्यालयमा गएर खबर गरेपनि कुनै सहायता पाउन नसकेको उनले बताएका छन् ।

यसबारे खसोखासले न्युयोर्क प्रहरीसँग जानकारी माग्दा प्रहरीले घटनाको पुष्टी गरेको छ । जुलाई २१ मा एक ३४ बर्षीय पीडितले आफ्नो गाडी १६७ ४२ १०९ रोड अगाडि पार्क गरेको अवस्थामा क्षतिग्रस्त बनाइएको देखेपछि प्रहरीमा खबर गरेको न्युयोर्क प्रहरी विभागका प्रहरी प्रवक्ताले खसोखासलाई जानकारी दिएका छन् । टायर च्यातिएको, ऐना भाँचिएको र ढोकामा कोतरिएको देखिएको पीडितले आफूहरुलाई जानकारी दिएको प्रहरीले जनाएको छ ।

यो क्षेत्र प्रहरीको १०३ प्रिसिन्कट अन्तरगत रहेको छ । घटनाका सन्दर्भमा अहिलेसम्म कसैलाई पक्राउ नगरिएको प्रहरीले जानकारी दिएको छ । तर घटना घृणा अपराधसँग सम्बन्धित भए नभएकोबारे भने प्रहरीले केही बताएको छैन ।

आफू अमेरिकी सेनाको भेट्रान रहेको उल्लेख गर्दै गौलीले विगतमा न्युयोर्क सिटीमा करेक्शन अफिसरका रुपमा काम गर्दा घरबाट ड्रेस लगाएर आवतजावत गर्दा कसैले निशाना बनाएको हुनसक्ने उनले आशंका गरेका छन् । पटकपटक फ्लो गरेर गाडी तोडफोड गरिनु र घटना एउटै प्रकृतिको हुनुले आफू त्रसित भएको र असुरक्षित महसुस गरिरहेको उनले बताएका छन् ।

लिंग, लैंगिक पहिचान, अभिव्यक्ति, जात, बर्ण, मूल पुर्खा, धर्म, धार्मिक अभ्यास, उमेर अपांगता जस्ता आधारमा गरिने शारीरिक आक्रमण, आक्रमणको धम्की वा सम्पत्तिको क्षति घृणा अपराधका घटनाहरु हुन् । यस्तो घटनाको शिकार भएमा तुरुन्तै ९११ मा सम्पर्क गर्नुपर्छ वा ड्युटीमा रहेको प्रहरी अधिकारीलाई जानकारी दिनुपर्छ । यदि घटना गम्भिर प्रकारको नभएको र विगतको भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com