मिस नेपाल नर्थ अमेरिकाको ताज जुबली शेर्पालाई, मिस नेपाल २०२४ मा सिधा प्रवेश पाउने


प्रकाशित मिति : श्रावण ७, २०८० आईतबार

मिस नेपाल नर्थ अमेरिका २०२३ को ताज जुबली शेर्पाले पहिरिन सफल भएकी छिन् । शनिबार न्युयोर्क सिटीमा आयोजित प्रतियोगितामा अरु १७ जनालाई पछि पार्दै उनी मिस नेपाल नर्थ अमेरिका २०२३ भएकी हुन् । ड्रिम्स युनिभर्सलले आयोजना गरेको प्रतियोगितामा अमेरिका र क्यानडाका नेपाली मुलका १८ जना सहभागी भएका थिए ।

मिस नेपाल नर्थ अमेरिका २०२३ का साथमा फस्ट र सेकेण्डर रनरअप ।

फस्ट रनरअपको टाइटल रजिला बास्तोलाले र सेकेण्ड रनरअपको टाइटल ईशा सुवेदीले जित्न सफल भए । कार्यक्रममा प्रतियोगीहरुले विभिन्न टाइटलहरु पनि जितेका थिए । क्वीन अफ क्वीन्स डायमण्ड २०२३ को टाइटल मेन्जिना महर्जनले जितेकी थिइन् ।

११ जनाको निर्णायक टिमले सुरुमा १८ जनाबाट टपटेनको छनौट गरेको थियो भने टप फाइभ हुँदै विजेता घोषणा गरिएको थियो । यसपटकको मिस नेपाल नर्थ अमेरिका २०२३ का विजेताले मिस नेपाल २४ प्रतियोगितामा सिधा प्रवेश पाउने निर्णायक मण्डलमा सहभागी मिस नेपाल अमेरिकाका संस्थापक अध्यक्ष दिवाकर राजकर्णिकारले घोषणा गरे ।

कार्यक्रममा प्रतियोगीहरुले विभिन्न टाइटलहरु पनि जितेका थिए । क्वीन अफ क्वीन्स डायमण्ड २०२३ को टाइटल मेन्जिना महर्जनले जितेकी थिइन् ।

मिस नेपाल नर्थ अमेरिका २०२३ को कोरियोग्राफी पूर्व मिस नेपालले सदिक्षा श्रेष्ठले गरेकी थिइन् । उनले पाँचौं पटक मिस नेपाल नर्थ अमेरिकामा कोरियोग्राफी गरेकी हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदूतावास न्युयोर्कका कार्यवाहक महावाणिज्यदूत विष्णु प्रसाद गौतमले पानसमा बत्ति बालेर प्रतियोगिताको उदघाटन गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसपटकको प्रतियोगितामा जुबली शेर्पा, ग्रिश्मा गौतम, ईशा सुवेदी, श्रृष्टी राई, मनिकला गुरुङ, आयुशा समाल, स्नेहा बन, रजिला बास्तोला, रिना श्रेष्ठ, चाँदनी जोशी, सुभेच्छा कार्की, रचना पोखरेल, खुश्बु मण्डल, झरना लुइटेल, मेन्जिना महर्जन, स्मृति श्रेष्ठ, संस्कृति लम्साल र सदिक्षा कार्कीले भाग लिएका थिए ।

कार्यक्रमका निर्णायकहरु, आयोजक, प्रमुख अतिथि, विशेष अतिथि र टाइटल स्पोन्सर लगायत । निर्णायक मण्डलमा प्रियंका कार्की, आयुशमान देशराज जोशी, दिवाकर राजकर्णिकार, रेश्मा घिमिरे, माम्पी घोष लगायत ११ जना थिए ।

ड्रिम्स युनिभर्सलको आयोजनामा अमेरिकामा नेपाली कला ,सस्कृतिको प्रवद्र्धनका लागि सन् २०१८  देखि मिस नेपाल नर्थ अमेरिका गरिदै आएको छ । यसका संस्थापक तथा प्रमुख शैलेश श्रेष्ठ हुन् ।

मिस नेपाल नर्थ अमेरिका २०१८ मोनिका घले हुन् भने सन् २०१९ मा श्रीया गजुरेलले मिस नेपाल नर्थ अमेरिकाको ताज जितिन् । सन् २०२० मा कोरोना महामारीका कारण प्रतियोगिता हुन सकेन भने २०२१ मा गरिमा ज्ञवाली मिस नेपाल नर्थ अमेरिका भइन् । २०२२ मा मिस नेपाल नर्थ अमेरिकाको ताज प्रतियुशा बोहराले जितेकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com