दाङमा ७३ वर्षीया बृद्धामाथि सामूहिक बलात्कार, २ जना पक्राउ
प्रकाशित मिति : श्रावण ४, २०८० बिहीबार
दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भएको छ । वृद्धामाथि सामूहिक बलात्कार गरेको आरोपमा दाङ प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
ना.४ ख ७८४८ नम्बरको बसभित्र घटना भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशील थापा मागरले खसोखास लाई दिनुभएको जानकारी अनुसार, बिहीबार राति ११ बजेर ५५ मिनेटको समयमा सो घटना भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको बसभित्र प्युठान घर भएकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको हो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले सल्यान कुमाख गाउँपालिका वडा नं. ७ घर भएका रेशम विक र तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ घर भएका वर्ष ३० को पुष्कर रोका लाई पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक थापा मगरका अनुसार, घटना भएको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको र उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।






